
काठमाडौं । एसेसरिज ब्राण्ड अल्टिमाले दशैँका अवसरमा उल्लेखनीय उपहार र छुट व्यवस्था गरेको छ । सो अवसरमा १० करोडभन्दा बढी छुट, तीन करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने जनाएको छ । असोज ९ देखि असोज २२ सम्म चल्ने १४ दिने दशैँ मेलामा विभिन्न आकर्षक डिलहरू जस्तै ‘डिल अफ द डे,’ ‘बाई १ गेट १,’ र ‘१ रुपैयाँ गेम’ समावेश छन् ।
कम्पनीले साउण्डबार, स्पिकर, टिकाउ स्मार्टवाच, प्रभावशाली पावर बैंकहरू र प्रिमियम इयरबड्स सार्वजनिक गर्दैछ । दोस्रो उत्पादनमा अल्टिमा वाच एक्टिभ रहेको छ । एड्भेन्चर खोज्नेहरूका लागि डिजाइन गरिएको टिकाउ स्मार्टवाच सकप्रुफ र आइपी प्रमाणपत्र साथ लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको छ । जुन स्मार्टवाचमा भिभिड एमोलेड डिस्प्ले, अल्टिमा एपसहित सात दिनको ब्याट्री लाइफ र थप सुविधा रहेका छन् ।
अल्टिमाको तेस्रो सार्वजनिक हुने उत्पादनमा स्पिकर जोडी साउण्डबक्स एस २० र एस ५० समावेश छन्, जुन मार्वल भर्सन संस्करण हो । कम्पनीले तीन संस्करणमा चार नयाँ पावर बैंक पनि समावेश गरेको छ । कम्पनीले ग्राहकलाई दशैँ मेलामा अल्टिमाका उत्पादन एक रुपैयाँमा किन्ने मौका दिइरहेको छ । जसका शर्तहरू पाँचजना भाग्यशाली खरिदकर्ताले मात्र पाउने कम्पनीले जनाएको छ । त्यस्तै बाई वान गेट वान फ्री अफर अल्टिमा एटम १९२ मा लागू हुनेछ । ग्राहकहरूले दुई हजार सात सय ९९ रुपैयाँमा दुईवटा एटम १९२ पाउनेछन् । घडी किन्दा इयरबड्स सित्तैमा पाइनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच