काठमाडौं । मिसेस मंगोल नेपाल २०२४ को उपाधि गार्खाकी प्रतिभा पुलामी मगरले चुम्नुभएको छ । हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा काठमाडौंमा भएको अन्तिम प्रतिस्पर्धामा प्रतिभाले चाँदीको ताज पहिरिएनुभएको हो । ताजसँगै उहाँले सन् २०२५ मा टोकियो जापानमा हुने इन्टरनेशनल नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड कार्यक्रममा इन्ट्री प्याकेजसमेत प्रप्त गर्नुभएको छ । यस्तै मिसेस मंगोल नेपाल २०२४को फस्ट रनरअपमा सञ्जु मगर र सेकेन्ड रनरअपमा दीपा सिगु लिम्बूले उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ । यो मिसेस मंगोल नेपालको १०औँ संस्करण हो ।
हिमानी सुब्बाको कोरियोग्राफीमा प्रतिस्पर्धीहरूले आ-आफ्नो मौलिक नृत्यसँगै ओपनिङ नृत्य गरेका थिए । कार्यक्रममा विविध सबटाइटल अवार्डहरूसमेत वितरण गरिएको थियो । जसमा प्रतिभाले मोस्ट एट्राक्टिभ, फस्ट रनरअप सञ्जुले वेस्ट ट्यालेन्ट, सेकेण्ड रनरअप दीपाले वेस्ट फोटोजेनिक, भुमा तामाङले बेस्ट ड्रेस र मोस्ट ग्रेसफुल, संगीता गुरुङ मोस्ट प्यासनेट, मोस्ट पपुलर र पब्लिक भिडियो च्वाइज, सरिता तामाङ मोस्ट इलिगेन्ट, आस्मति सामसोहाङ लिम्बु मोस्ट स्मार्ट, रत्न माया श्रेष्ठ बेस्ट डिसिप्लेन, मञ्जिला राई मोस्ट चार्मिङ, सलिना श्रेष्ठ मोस्ट डिलिजेन्ट, दुर्गा लिम्बु मोस्ट डेडिकेट, बिना राणा मगर मोस्ट कन्फिडेन्ट र जुनु तामाङ मोस्ट डिसेन्टको उपाधि प्राप्त गर्नुभएको थियो ।
यो सौन्दर्य प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता तथा चलचित्रकर्मी सिमान्त उदास, मोडल तथा अभिनेता कृष्ण गुरुङ, ब्युटिसियन नेपाल २०२४ की विजेता सृजना गुरुङ, मिसेस ग्लोवल नेपाल २०२४ की विजेता सुनिता भुजेल र फेसन डिजाइन सुक्मिता चौलागाईं सुनुवार रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच