शहिद स्मारक लिगमा आज तीन खेल हुदैँ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।

आज हुने तीन खेल मध्ष दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी बिच पहिलो खेल हुनेछ । सो खेल अपरान्ह दिउँसो ३ बजे सुरु हुनेछ ।

यसैगरी, सोही रंगशालामा नै बेलुका ६ बजे हुने दोस्रो खेल हुनेछ । जसमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, च्यासल मैदान, ललितपुरमा चर्च ब्वाइज युनाईटेड र न्युरोड टिम एनआरटी एक आपसमा आमने सामने हुनेछन् । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?