
काठमाडौं । जारी एकदिवसीय सिरिजमा इङल्याण्डले अस्ट्रेलियालाई डक वर्थ लुइस नियम अनुसार ४६ रनले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा खेल बर्षाले पुरा हुन नसकेपछि डक वर्थ लुइस नियम अनुसार इङल्याण्ड ४६ रनले विजयी भएको हो ।
यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर ३०४ रन बनाएको थियो । त्यसको जवाफमा इङल्याण्डले ३७.४ ओभरमा ४ विकेट गुमाएर २५४ रन बनाएको अवस्थामा खेल बर्षाले रोकिएको थियो ।
त्यसपछि डक वर्थ लुइस नियम अनुसार सो अवस्थामा लक्ष्य २०९ रहेकोमा इङल्याण्डले २५४ रन बनाएकोले ४६ रनले विजयी बनाइएको हो । इङल्याण्डका लागि ह्यारी ब्रुकले अविजित ११० रन बनाउनुभएको थियो ।
इङल्याण्डले यो जितपछि सिरिजमा पहिलो जित हासिल गरेको छ । ५ खेलको सिरिजमा २–१ ले अस्ट्रेलिया अगाडी रहेको छ । अब सिरिजको चौथो खेल शुक्रबार हुने छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच