काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको खेलमा वर्षा बाधक बनेको छ । क्यानडाको किङ सिटीमा मंगलबार राती हुने तय भएको खेल वर्षाका कारण टस पनि हुन नसकी रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन् । नेपाल आठ खेलमा तीन अंकका साथ सातौँ स्थानमा छ । लिग-२ का सुरुवाती सातमध्ये नेपालले मात्र एक खेलमा जित निकाल्दै तीन अंक जोडेको छ । ओमान सात खेलबाट सात अंकका साथ छैटौँ स्थानमा छ ।
नेपाल पछिल्ला पाँच खेलमा लगातार पराजित भएको थियो । घरेलु टोली क्यानडासँग दुई खेल गुमाएको नेपालले ओमानविरुद्धको पहिलो खेलसमेत हार्न पुगेको थियो । लिगको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराउनुबाहेक नेपालले जित देख्न पाएको छैन ।
नामिबिया र नेदरल्याण्ड्ससँग घरेलु मैदानमा तीन खेल हारेको नेपालले क्यानडा भ्रमणमा जित निकाल्न सकेको छैन । निरन्तरको हारले खेलाडीमाथि जितको दबाब बढ्दो छ भने नेपाल लिग तालिकामा पुछारदेखि दोस्रोमा छ । पुछारमा रहेको युएई र नेपालको मात्र समान दुई अंक छ ।
टिमका खेलाडी परिवर्तन गर्दासमेत ब्याटिङ लाइन चल्न सकेको छैन । तल्ला क्रमका ब्याट्सम्यानले नेपालको ब्याटिङलाई धरासायी हुनबाट जोगाए पनि माथिल्ला र मध्यक्रमका ब्याट्सम्यान चल्न सकेका छैनन् । नेपाली क्रिकेट टिमले बेहोरेका निरन्तरका हारले अन्तर्राष्ट्रियस्तरमा राम्रो स्थान बनाउने अवसरलाई गुमाउने चिन्ता बढेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच