दुई ठूला देशको विकासबाट नेपालले फाइदा लिनुपर्छ : उपमहासचिव बस्नेत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले दुई ठूला देशको विकासबाट नेपाली समाज लाभान्वित हुनुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारत अहिले इमर्जिङ इकोनोमीमा आइरहेको भन्दै यसको फाइदा नेपालले लिन सक्नुपर्ने बताउनुभएको हो । उहाँले छिमेकी देशहरुले गरेको प्रगतिबाट अर्को छिमेकी देश खुशी हुनु स्वभाविक रहेको भन्दै भारतले गरेको प्रगतिबाट नेपाल पनि खुशी रहेको बताउनु भयो । उहाँले तिब्रतामा भइरहेको विकासबाट नेपाली समाज कसरी लाभान्वित हुनसक्छ भन्नेबारेमा सोच्ने र त्यस दिशामा सार्थक पहल गर्नेकुरा आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यतिबेला भारत एउटा इमर्जिङ इकोनोमीमा देखिरहेको छ । इमर्जिङ इकोनोमीको रुपमा जसरी भारत अघि आइरहेको छ, यो हामी सबैको लागि खुशीको कुरा पनि हो । एक छिमेकी र एक असल मित्र छिमेकीले गरिरहेको प्रगतिबाट हामी सबै खुशी हुने कुरा स्वभाविक छ । हामी खुशी छौँ । त्यो तिब्रतामा भइरहेको विकासबाट नेपाली समाज कसरी लाभान्वित हुनसक्छ भन्नेबारेमा सोच्ने र त्यस दिशामा सार्थक पहल गर्नेकुराको आवश्यक हुन्छ । दुई तिहाई हाम्रो ट्रेड भारतसँग छ । आफूसँग भएका श्रोत र साधनको सही ढंगले प्रयोग गर्नसक्ने मुलुकले नै समृद्धिको यात्रा तय गर्दछन् । ४५ प्रतिशत वनजंगलको सही सदुपयोग गर्न आवश्यक छ । जलश्रोतको सही प्रयोगको बारेमा सोच्नु अनिवार्य र अपरिहार्य छ ।’

उपमहासचिव बस्नेतले नेपालमा रहेको ४५ प्रतिशत वनजंगलको नेपालले सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?