
काठमाडौं । सिटी वालेट प्रालिले दशैँ, तिहार र छठपर्वका अवसरमा विशेष क्यासब्याक घोषणा गरेको छ । ग्राहकले आफैं रेमिट भुक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न क्यासब्याक घोषणा गरिएको कम्पनीले जनाएको छ । पाँच हजारभन्दा बढी रकमको रेमिट्यान्स सिटी पे वालेटमार्फत् प्राप्त गर्दा सिटी पे प्रोमो कोड प्रयोग गरी दुई सय रुपैयाँ रकम बराबरको बोनस ब्यालेन्स तथा हरेक दिन रेमिट्यान्स भुक्तानीमा पहिलो १८ जना ग्राहकले पाँच सय रुपैयाँ बराबरको बोनस गरी कुल सात सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
विदेशस्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीबाट सिधै वालेट लोड कारोबार गर्ने वालेटले समेत उक्त क्यासब्याक प्राप्त गर्न सक्ने बताइएको छ । साथै दशैँ तिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याक रहेको छ । आन्तरिक उडान बुकिङमा ग्राहकले सिटी पे एपमार्फत् उडान बुक गर्दा फइट दुई सय प्रोमोकोड प्रयोग गरी तीन सय रुपैयाँभन्दा बढीको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका प्रमुख व्यावसायिक अधिकृत प्रकाश चालिसेले भन्नुभयो, ‘यी आकर्षक अफर चाडबाडको समयमा हाम्रा ग्राहकलाई विशेष सेवा र मूल्य प्रदान गर्न हाम्रो प्रतिबद्धताको उदाहरण हो । दशैँ, तिहार र छठको समयमा ग्राहकलाई यी क्यासब्याक अवसर प्रदान गर्न पाउँदा हामी खुसी छौँ । हाम्रो लक्ष्य भनेको ग्राहकलाई यो चाडको अवसरमा बढी खुसी र सुविधासहित मनाउन सहयोग गर्नु हो ।’ सिटी पे वालेटमार्फत् सिटी एक्सप्रेस मनी ट्रान्सफर, कुमारी रेमिट, नबिल रेमिट, सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेस्ट रेमिट, पृथ्वी रेमिटलगायतका रेमिट भुक्तानी गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच