काठमाडौं । युवराज नयाँघरेको निबन्धसंग्रह ‘आगोको बिउ’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच आख्यानकार कृष्ण धरावासी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कुमारी लामा, पद्मकन्या क्याम्पसका उपप्राध्यापक ज्ञानु अधिकारी, सर्जक नयाँघरेलगायतले कृतिको लोकार्पण गर्नुभएको हो ।
उपप्राध्यापक कुमारी लामाले ‘आगोको बिउ’ मा आफूलाई भूमिका लेख्ने अवसर दिएर लेखक नयाँघरेले कृतज्ञ बनाएको अनुभव सुनाउँदै समग्रमा यो कृति जीवन र मृत्युबारे अकाट्य सत्यलाई बोध गराउन सफल भएको जिकिर गर्नुभयो । उपप्राध्यापक ज्ञानु अधिकारीले ‘आगोको बिउ’ मा मानव, समाज, प्रकृतिसँगको यथार्थ अनुभूतिलाई लेखकले मिहिन ढंगले पस्कन सफल भएको सुनाउनुभयो ।
साहित्यकार अनिता कोइरालाले कृतिबारे पाठकीय प्रतिक्रिया दिँदै यस कृतिमा संग्रहित हरेक निबन्धमा आफूले आगोको बिउको सुगन्ध पाएको बताउनुभयो । यस्तै, भारती न्यौपानेले समीक्षात्मक टिप्पणी राख्दै लेखक नयाँघरेले संग्रहभित्रका निबन्धमा पानीका थोपा, असिनाका डल्लोमा समेत आगो ओकल्न सफल भएको बताउनुभयो । मदन पुरस्कार विजेता लेखक युवराज नयाँघरेको यो १९औँ कृति हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच