काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारंगी’को दोस्रो गीत ‘दाहिने हातैमा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतमा चलचत्रका मुख्य पात्र विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाललगायत कलाकार देखिन्छन् । उनीहरू घरघर गएर गीत गाइरहेको भिडियोमा देखिन्छ । यसअघि, यो चलचित्रको गीत ‘काँधेकुरी’ सार्वजनिक गरिएको थियो ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो चलचित्र यस वर्षको तिहारको छेको पारेर कात्तिक १५ (लक्ष्मी पूजा)देखि सिनेमाघरमा आउँदै छ । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायं केसी, जान्वी पौडेललगायतको अभिनय छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मस्को प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुनुहुन्छ । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल-ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित छ ।
चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेख्नुभएको छ । विनोद र प्याट्रिकको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुनुहुन्छ । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारंगी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच