झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला परेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो ।

अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बसको पहिचान भइसकेको छैन । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा र नेपाली सेना, नेपाल प्रहरी सहितको टोली उद्धारमा खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *