देशका निम्ति गरेको योगदानका कारण राष्ट्रपतिमा हाम्रो दाबी स्वभाविक : प्रकाश ज्वाला

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताउनुभएको छ ।
बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद ज्वालाले राष्ट्रपतिका लागि एकीकृत समाजवादी पार्टीको दाबी रहेको बताउनुभएको हो ।

उहाँले राष्ट्रपतिका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल योग्य भएको बताउनु भयो । उहाँले नेपालले संविधान निर्माणमा खेलेको भुमिका, देशको निम्ति गरेको योगदानका कारण उहाँको चर्चा हुनु स्वभाविक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो पार्टीका अध्यक्ष वा हाम्रो पार्टीका नेता राष्ट्रपतिका निम्ति योग्य हुनुहुन्न भन्ने कुरा पनि भएन । त्यसका निम्ति योग्य नै हुनुहुन्छ । पटक–पटक प्रधानमन्त्री भएर अनुभव गरेका व्यक्तिहरु, संविधान निर्माणमा भुमिका खेलेका व्यक्तिहरु र लामो राजनीतिक इतिहास भएकाहरु, राष्ट्रका निम्ति धेरै ठूलो योगदान गरेका व्यक्तिहरु हुनुहुन्छ, त्यसैले उहाँहरुको चर्चा हुने कुरा पनि स्वभाविक हो । र त्यसमा हाम्रो दाबी रहने कुरा पनि स्वभाविक हो । त्यसैले जुन हैसियत हाम्रो नेताहरुको छ, त्यो हैसियत अनुसार र अहिले जुन पछिल्लो समयमा राष्ट्रिय सहमतिका साथ राष्ट्रपतिको निर्वाचन गरौँ भन्ने विषय छलफलमा छ, त्यस हिसावले हे¥यो भने राष्ट्रिय सहमति जुट्न सक्ने उपयुक्त दल वा उपयुक्त पात्र पनि हाम्रो पार्टीकै नेता हुन सक्छन् भन्ने हिसावले यसमा पनि हामी ओपन नै छौँ ।’

उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनका लागि उपयुक्त दल आफूहरु भएको र उपयुक्त पात्र पनि अध्यक्ष माधवकुमार नेपाल भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?