काठमाडौं । सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाले काठमाडौं उपत्यकाका १५ प्रमुख स्थानमा यात्रु सहायता कक्ष व्यवस्था गरेका छन् । काठमाडौं महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाले यात्रुको हितलाई ध्यानमा राख्दै सहायता कक्षको व्यवस्था गरेका हुन् ।
दशैँ मनाउन उपत्यका छोड्ने यात्रुको संख्या उल्लेख्यरूपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ-बसपार्क, गौशाला, चापागाउँ, हल्चोक, चाबहिल, जावलाखेल, वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष राखिएको कम्पनीले जनाएको छ । उपभोक्ता संघ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो महंगो टिकट मूल्य, टिकट नपाउनेसँग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न रुटमा लागू हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको हो ।
यसैबीच सिप्रदी कम्पनिजको सामाजिक उत्तरदायी संस्था सिप्रदियन सहायता संस्था तथा सिप्रदी अटोपाटर््स प्रालिले खोला किनारमा ज्याला मजदुरी गर्दै आएका बाढीपहिरो पीडितलाई दैनिक उपभोग्य सामग्री तथा खाद्यान्न सहयोग प्रदान गरेको छ ।
निरन्तरको वर्षाका कारण उपत्यकाका खोला किनारमा ज्याला मजदुरी गर्दै आएका बाढीपीडित मेकानिक्सलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । सिप्रदियन सहायता संस्थाका प्रतिनिधि र सिप्रदी अटोपाटर््स प्रालिका प्रतिनिधिहरूको उपस्थितिमा २६ परिवारलाई सिरक, डस्ना र सिरानी एक ए÷एकवटा, एक बोरा चामल, तीन केजी दाल, एक लिटर तेल तथा अन्य खाद्य तथा घरायरी सामग्री राहतस्वरूप वितरण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच