दुबई । आइसिसी महिला टी-२० विश्वकप-२०२४ अन्तर्गत आइतबार भएका खेलहरूमा भारत र वेष्ट इण्डिज विजयी भएका छन् । जसमा पाकिस्तान र स्कटल्याण्ड पराजित भएका छन् ।
भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । पाकिस्तानले दिएको १०६ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १०८ रन बनायो । भारतका लागि शेफाली बर्माले सर्वाधिक ३२ रन बनाउनुभयो । पाकिस्तानकी फातिमा सानाले २ विकेट लिनुभयो । यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो । पाकिस्तानकी निदा दारले २८ रन बनाउनुभयो । भारतका लागि अरुन्धती रेड्डीले ३ विकेट लिनुभयो ।
यस्तै, वेष्ट इण्डिजले पहिलो जित हात पारेको छ । २०१६ को च्याम्पियन वेष्ट इण्डिजले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । टी–२० विश्वकप २०२४ मा वेष्ट इण्डिजको यो पहिलो जित हो । यसअघि उसले दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि एलिसा लिस्टरले सर्वाधिक २६ रन बनाउनुभयो । कप्तान क्याथरिन ब्राइसले २५ रनको इनिङ खेल्नुभयो । लोर्ना ज्यक ब्राउन ११ रनमा आउट हुनुभयो । डोर्सी कार्टर १४ रनमा नटआउट रहनुभयो । वेष्ट इण्डिजका लागि इफी फ्लेटरले ३ विकेट लिनुभयो ।
जवाफमा वेष्ट इण्डिजले एक सय रनको लक्ष्य ५० बल बाँकी रहँदै ४ विकेट गुमाएर पूरा ग¥यो । केना जोसेफले सर्वाधिक ३१ रन बनाउनुभयो । डिआन्ड्रा डोटिन २८ र चिनेल हेनरी १८ रनमा नटआउट रहनुभयो । स्कटल्याण्डका लागि ओलिभिया बेलले २ विकेट लिनुभयो । जितसँगै वेष्ट इण्डिज समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । उसले दुई खेलमा एक जित र एक हारसहित कुल दुई अंक जोडेको छ । सुरुवाती दुवै खेलमा पराजित स्कटल्याण्ड समूहको पुछारमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच