काठमाडौं । आज बिहीबार (फूलपाती)देखि सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् दीपाश्री निरौलाको निर्देशन रहेको ‘छक्का पञ्जा-५’, वसन्त निरौलाको निर्देशन रहेको ‘ज्वाइँ साब’ र विराज भट्टको निर्देशन रहेको ‘१२ गाउँ’ । यो त्रिपक्षीय भिडन्तलाई यस वर्षकै सबैभन्दा ठूलो मानिएको छ । तीनवटै चलचित्रको ‘स्टारकास्ट’ र चर्चा हेर्दा यसपटक बक्स अफिसमा टक्करको प्रतिस्पर्धा हुने देखिन्छ । सोमबारबाट यी तीन चलचित्रको मल्टिप्लेक्सहरूमा अग्रिम बुकिङ खुला गरिएको थियो । सोज संख्यामा ‘छक्का पञ्जा-५’ अन्य दुई चलचित्रभन्दा धेरै अगाडि छ ।
आजदेखि सिनेमाघरमा दीपाश्री निरौलाको निर्देशन रहेको ‘छक्का पञ्जा ५’, वसन्त निरौलाको निर्देशन रहेको ‘ज्वाइँ साब’ र विराज भट्टको निर्देशन रहेको ‘१२ गाउँ’ चलचित्र प्रदर्शनमा आएका छन् । यो त्रिपक्षीय भिडन्तलाई यस वर्षकै सबैभन्दा ठूलो मानिएको छ । तीनवटै चलचित्रको ‘स्टारकास्ट’ र चर्चा हेर्दा यसपटक बक्स अफिसमा टक्करको प्रतिस्पर्धा हुने देखिन्छ । सोमबारबाट यी तीन चलचित्रको मल्टिप्लेक्सहरूमा अग्रिम बुकिङ खुला गरिएको थियो । सोज संख्यामा ‘छक्का पञ्जा ५’ अन्य दुई चलचित्रभन्दा धेरै अगाडि छ ।
चलचित्र ‘छक्का पञ्जा’को नयाँ शृंखला ‘छक्का पञ्जा-५’मा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटीको मुख्य भूमिका हुनुहुन्छ । माग्ने बुढा र निर्मल शर्मा चलचित्रको कार्यकारी निर्माता हुनुहुन्छ । आमा सरस्वती मूभिज र आइएमइको प्रस्तुतिमा बनेको चलचित्रले भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष गरेको छ यसको ट्रेलर हेर्दा । अघिल्ला सिरिजमा वैदेशिक रोजगार, वैदेशिक अध्ययन, विवाहेत्तर सम्बन्ध, विवाह, राजनीतिजस्ता आयामलाई कथावस्तु बनाइएको थियो । यसपटक पनि नयाँ शृंखलामा ब्युरोक्रेसी र भ्रष्टाचारलाई मूल मुद्दा बनाइएको छ ।
यसअघि रिलिज भएका चलचित्रका दुई गीत ‘बिहे भाको छैन’ र ‘ब्रेकअप’ले सामाजिक संजालमा हिट छन् । ‘छक्कापञ्जा’को पहिलो शृंखला आठ वर्षअघि रिलिज भएको थियो । चलचित्रका अघिल्ला चारवटै शृंखलाले घरेलु बक्सअफिससहित राम्रै कमाइ गरेका छन् ।
मध्यपूर्वको साउदी अरब, दक्षिण एसियाको टापु मुलुक माल्दिभ्स र अमेरिकाको उत्तरी राज्य अलास्कामा यो चलचित्र पहिलोपटक प्रदर्शन हुँदैछ । अमेरिकाको एड्भान्स बुकिङको ट्रेन्ड हेर्दा चलचित्रले रेकर्ड ब्रेक गर्ने वितरकले जनाएका छन् । यो सिरिजले सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्दै आएको छ ।
यस्तै, आजदेखि सिनेमाघरमा आएको चलचित्र ‘ज्वाइँ साब’मा जितु नेपाल, नीति शाहसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, निमा पाण्डे, कमलमणि नेपाल, प्रकाश घिमिरे, सिपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, विश्व मुखिया, दीपक अधिकारी, इशान राउत, शिवु पाण्डेलगायतको अभिनय छ ।
विजय बस्याल कार्यकारी निर्माता रहेको यो चलचित्रमा मीनादेवी खड्का, सौगात पण्डित र पद्मलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुति रहेको चलचित्रमा अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन, सविन अधिकारीको कथा, सन्देश शाहको सम्पादन तथा सञ्जय थापाको द्वन्द्व निर्देशन छ । ज्वाइँ साब बन्न पाउने अवसरको विज्ञापन सुनेपछि सम्पत्तिको लोभमा अभिनेत्री नीतिसँग विवाह गर्न युवकहरूबीच प्रतिस्पर्धा हुन्छ । र, नीतिले योग्य श्रीमान् छान्नका लागि विभिन्न प्रतियोगिता गराउनुहुन्छ । ती सबैमा उत्तीर्ण हुनुभएका अभिनेता जितुसँग उहाँको विवाह हुन्छ । तर त्यसपछिको परिस्थितिले जितु वैदेशिक रोजगारीमा जान बाध्य भएको कथावस्तु ‘ज्वाइँ साब’को ट्रेलरमा समेटिएको छ ।
त्यस्तै, चलचित्र ‘१२ गाउँ’बाट समीर भट्टले ठूलो पर्दामा डेब्यु गर्दै हुनुहुन्छ । भारतमा बसेर मार्सल आर्ट र अभिनय सिक्नुभएका समीरले पहिलो चलचित्रबाट आफूलाई एक्सन हिरोको रुपमा चिनाउनुभएको छ । यो चलचित्रबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्नुभएको छ । चलचित्र विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ ।
विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन छ । चलचित्रमा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ ।
एक्सन-थ्रिलर कथामा यो चलचित्रमा तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गर्नुभएका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाउनुभएको छ । महेश पौडेलको छायांकन रहेको चलचित्र काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । चलचित्रको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच