गाजामा इजरायली आक्रमणमा २६ प्यालेस्टाइनीको मृत्यु

हिमालय टाइम्स

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरूकाअनुसार गाजापट्टीमा इजरायली आक्रमणमा मङ्गलवार २६ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

जबलिया शरणार्थी शिविरको अल-फलुजा क्षेत्र नजिकै इजरायली गोलाबारीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको र दक्षिणी गाजाको खान युनिस शहरको पूर्वमा रहेको एक बसोबास घरलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा कम्तीमा पनि १० जना मारिएका छन् ।

उनीहरूले मध्य गाजाको नुसेरात शिविरमा रहेको घरमा इजरायली बमबारीमा मारिएका थप पाँच जनालाई अल-अक्सा अस्पतालमा सारिएको उल्लेख गरेका छन् । प्यालेस्टिनी सुरक्षा स्रोतहरूकाअनुसार इजरायली ट्याङ्कहरूले जबलिया शरणार्थी शिविरलाई लगातार ११ औं दिनसम्म घेराबन्दी गर्न जारी राखेका छन् ।

गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४२ हजार ३४४ पुगेको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?