बारा । श्रीभाग्य लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको २४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
भाग्य लक्ष्मीको चाहना, बारा समृद्धिको कामना भन्ने मूल नाराका साथ बाराको सदरमुकाम कलैया स्थित बाराउद्योग वाणिज्य संघको सभाहलमा बुधवार २४ औ साधारण सभा सम्पन्न भएको हो ।
सरकारले अहिले पनि बैक तथा वितिय संस्था मध्ये सहकारीलाई हेर्ने दृष्टिकोणमा कुनै फरक नआएको बारा जिल्ला सहकारी संघका अध्यक्ष तथा वार्षिक साधारण सभाका प्रमुख अतिथी सतेन्द्र ठाकुरले बताउनुभयो ।
सरकारले अहिले पनि सहकारीको सवालमा काखा पाखाको नीति लिएर अगाडी बढेको छ, उहाँले भन्नुभयो,‘हामी सहकारी संचालकहरुले सरकारलाई हरेक वर्ष कर तिरे पनि हामीलाई सरकारबाट कुनै किसिमको राहत उपलब्ध नभएको अध्यक्ष ठाकुरले दावी गर्नुभयो ।’
उहाँले भन्नुभयो,‘महिनौ लामबद्ध हुँदा समेत बैकहरुबाट ऋण लिन सकिने अवस्था छैन तर सहकारी संस्थाले कुनै पनि बेला जस्तोसुकै परिस्थितिमा पनि आफना शेयरधनीहरुलाई ऋण लगानी गर्ने गरेको छ । तर पनि सरकारले सहकारीहरुलाई सौताको व्यवहार गर्न नछाडेको उहाँले आरोप लगाउनुभयो ।’
हामी अहिले पनि सिक्ने क्रममा छौ श्रीभाग्य लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामानन्द प्रसाद यादवले बताउनुभयो ।
समय सधै एकनासको हुँदैन उहाँले भन्नुभयो,‘त्यसैले हामीले बचत गर्ने बानीको विकास गर्नु जरुरी छ । अहिलेको बचत भोलीको सम्पन्नताको प्रतिक हो । त्यसलै हरेक मानिसले दुःख सुख गरी बचत गर्नु पर्छ । जन्मले मानिसलाई महान बनाउँदैन उसले गरेको कर्मले महान बनाउने हो । त्यसैले अहिले गरेको बचतले भोलिको दिनलाई सुखद, सरल र सुलभ बनाउँछ भन्ने कुरालाई मनन गर्दै हामीले बचत गर्ने बानीको विकास गर्दै जाने हो भने हाम्रो जीवन एक दिन सुखमय अवश्यक हुने उहाँले बताउनुभयो ।
श्रीभाग्य लक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा ९ सय शेयर सदस्य रहेको उहाँले बताउनुभयो ।
संस्थाले १ करोड ६६ लाख शेयरपूँजी रहेको र ४ करोड भन्दा बढी बजारमा लगानी गरेको उहाँले बताउनुभयो ।
संस्थाले चालु आर्थिक वर्षमा ६ करोड भन्दा बढी बजारमा लगानी गर्ने लक्ष्य लिएको अध्यक्ष यादवले बताउनुभयो ।
श्रीभाग्य लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रामानन्द प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारण सभामा कलैया उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख महन्थ ठाकुर, संस्थाका शेयर सदस्यहरु, पत्रकार महासंघ बाराका निवर्तमान उपाध्यक्ष राकेश पाण्डेयले स्वागत मन्तव्य राख्नु भएको थियो ।
साधारण सभाको संचालन संस्थाका सचिव चुमनबाबु केवटले गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच