काठमाडौं । हरित परिवहनका माध्यमबाट महिला सशक्तीकरण भन्ने नाराका साथ महालक्ष्मी विकास बैंकले महिला उद्यमीलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीमार्फत् महिला सशक्तीकरण अभियान शुभारम्भ गरेको छ ।
सोही अभियानअन्तर्गत धुलिखेल नगरपालिकाका विभिन्न महिला उद्यमीलाई विद्युतीय सवारीको साँचो हस्तान्तरण गरेको छ । पर्यावरणमैत्री यातायातको बढ्दो माग र आवश्यकता सम्बोधन गर्न अन्य स्थानीय तहमा समेत बैंकले हरित कर्जाअन्तर्गत अभियान थप विस्तार गर्दै जाने जनाएको छ ।
सबल बैंक, सफल सहकार्यकोे नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरतरूपले सेवा प्रदान गर्दै आएको छ । साथै गत पुसमा सम्पन्न बैंकको २२औँ वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारका रूपमा ल्याउन प्रस्तावसमेत पारित गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच