जुम्ला । जुम्लामा यो वर्ष दशैको समयमा मात्रै १६ करोड भन्दा बढीको भेडाखसीको कारोबार भएको छ।
जुम्लाको सदरमुकाम खलंगा बजारमा मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपियाँ बराबरको भेडाखसी विक्रीवितरण भएको चन्दननाथ नगरपालिका पशुपंक्षी शाखा प्रमुख विरबहादुर रावलले जानकारी दिनुभयो । यहाँका भेडापालक किसान र बाहिर जिल्लाबाट ल्याएका भेडा गरेर जिल्लामा ७ हजार ९२८ भेडाखसी बिक्री भएका हुन्।
चन्दननाथ नगरपालिका पशुपंक्षी शाखा प्रमुख रावलले भन्नुभयो ,'१५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा भैसीहरु खरिद बिक्री भएका छन् । ४ सय ८७ खसी, ३ वटा राँगो र ८२ वटा भैसीको किनबेच भएको छ। 'स्थानीय भेडाको अधिकतम मुल्य २८ हजार, न्युनतम मुल्य १० हजार भएकोमा औसत मुल्य १९ हजार तोकिएको थियो ।
जुम्ली खसीको अधितम मुल्य २४ हजार र न्युनतम मुल्य ८ हजार थियो ।
औसतमा १६ हजारमा बिक्री भएको थियो । अधिकतम मुल्य ५० हजार र न्युनतम मुल्य २६ हजारमा किनबेच भइरहेका राँगा भैसीको औसच मुल्य ३८ हजारमा बिक्री भएको चन्दननाथ नगरपालिका पशुपंक्षी शाखा प्रमुख रावलको भनाइ छ। २०६८ सालदेखि तिब्बती भेडा च्यांग्रा ल्याउन छोडेपछि जुम्ली भेडाखसी मात्रै विक्रीवितरण हुने गरेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय अनुसार जुम्लामा ८८ हजार भेडा छन् ।
संघीयतापछि स्थानीय तहको मुकाममा पनि भेडाखसीको कारोबार हुने गरेको छ । कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघु लगायतका साना बजारमा समेत भेडाखसीको करोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच