
काठमाडौं। इन्टर मियामी २०२५ को फिफा क्लब विश्वकपमा छनौट भएको छ ।
इन्टर मियामीले आइतबार बिहान सम्पन्न खेलमा न्यू इङल्याण्डलाई ६–२ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेपछि २०२५ को फिफा क्लब विश्वकपमा छनौट भएको हो ।
यस खेलमा इन्टर मियामीको जितमा लियोनेल मेसीले ह्याट्रिक गर्नुभएको थियो । मेसीले लगातार दोस्रो खेलमा ह्याट्रिक गर्नुभएको हो । त्यस्तै लुइस स्वरेजले २ गोल गर्नुभएको थियो ।
यसका साथै इन्टर मियामीले अमेरिकन लिग सकरमा कीर्तिमानी ७४ अंक हासिल गरेको छ । ३४ खेलमा २२ खेलमा जित, ८ बराबरी र ४ खेलमा हार बेहोरेको इन्टर मियामीले ७४ अंक बटुलेको छ । योसँगै एमएलएसको रेगुलर सिजन पनि सकिएको छ र इन्टर मियामीले उपाधि जितेको छ ।
फिफा अध्यक्ष गियान्नी इन्फानटिनोले इन्टर मियामी फिफा क्लब विश्वकपमा छनौट भएको जानकारी दिनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच