काठमाडौं । सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । केहिबेर अघि कास्की प्रहरीले लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो ।
शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै शनिबार विहान ३ बजे पोखरा पुर्याइएको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।
प्रहरीले लामिछानेविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्ने भएको छ । लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न प्रहरीले अदालतको अनुमति लिएसँगै दुवै आरोपमा अनुसन्धान हुने भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच