
रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उद्योगी ब्यबसायीलाई सहज सेवा उपलब्ध गराउने उदेश्यले घुुम्ति शिविर सुुरु गरेको छ ।
नगर क्षेत्रभित्र रहेका उद्योग एवंम व्यवसाय फर्मको दर्ता, व्यवसायकर, नविकरण सम्बन्धि सवै सेवा वडा, टोलबाट प्रधान गर्ने गरी सिविर सचांलनमा ल्याईएको नरपालिकाका राजश्व शाखा प्रमुख कमलकान्त खनालले बताउनु भयो ।
खनालका अनुसार आईतवारबाट सुरु गरीएको यो सिवर आगामी मंसिर २४ गतेसम्म विभिन्न वडाहरुमा सचांलन हुने छ । शिविर सवै वडास्तरमा सचांलन गरिने छ । शिविरको आईतवार वडा नं ७ मा सुुरुवात गर्दै सिद्धार्थनर नगरपालीकाका प्रमुख ईस्तियाक अहमद खाँले दर्ता, ईजाजत नलिई सचांलन भैरहेका वा लामो समय देखि नविकरण नगरेका व्यवसायिलाई घुम्ति शिविर मार्फत लाभ लिन आग्रह गर्नु भयो ।
उहाले व्यवसाय कर दर्ता नभएका वा व्यवसाय कर बक्यौता बुुझाउन बाँकी रहेका फर्महरुलाई आगामी पुस मसान्त सम्मको लागी लाग्ने जरिवानामा शतप्रतिशत र करमा आंशिक छुट समेत रहेकाले समयमानै उक्त छुट सुविधाको उपभोग गर्न समेत आग्रह गर्नु भयोे ।
शिविर कार्तिक ४ देखी ६ गतेसम्म वडा नं ७, ७ देखी ९ सम्म वडा नं ९, ११ देखी १२ सम्म वडा नं २, २७ देखी २९ सम्म वडा नं ८ मा सञ्चांलन हुुने छ । त्यस्तै मसिंर २ गते देखी ४ सम्म वडा ६, ५ देखी ७ सम्म वडा नं १२, ९ देखी ११ सम्म वडा नं ५ र १३ तथा मंिसर १२ मा वडा नं ११ मा सञ्चांलन हुने छ ।
त्यस्तै मंसिर १३ मा वडा नं १०, १४ र १६ मा वडा नं ४, १७, १९ र २० मा वडा नं ३ मा सञ्चांलन हुने छ । मंसिर २१, २३ र २४ मा वडा नं १ मा शिविर सञ्चांलन हुने छ । नगरपालीकाका प्रमुख प्रशासकिय अधीकृत जनक थापाले सिद्धार्थनगरको १६औं नरसभावाट स्वकीतृ नीति तथा कार्यक्रम बमोजिम आर्थीक बर्ष २०८१÷ ०८२ लाई कर सहभाीता बर्ष घोषणा गरीएको र यसलाई प्रभावकारी बनाउन शिविर सचांलन गरीएको वताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच