रियलमीका दुई नयाँ स्मार्टफोन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रियलमीका दुर्ई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएका छन् । कम्पनीले शुक्रबार राजधानीमा आयोजना गरेको फ्यान फेस्टका क्रममा रियलमी ११ एक्स फाइभजी र रियलमी ११ फाइभजी गरी दुर्ई स्मार्टफोन सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार रियलमी ११ फाइभजीमा मिडियाटेकको उच्चस्तरीय ६ एनएम डाइमेन्सिटी ६१०० प्लस एसओसी पावरफुल चिप सेट राखिएको छ ।

डाइनामिक र्‍याम एक्सपान्सन प्रविधि प्रयोग गरेर मेमोरी १६ जिबीसम्म बढाउन मिल्छ । फोनमा यो सेगमेन्टकै सबैभन्दा धेरै ६४ एमपी एआई क्यामेरा रहेको छ ।

त्यस्तै, रियलमी ११ फाइभजीमा मिडियाटेक डाइमेनसिटी ६ एनएम ६१०० प्लस चिपसेट राखिएको छ । यसमा भएको आठ जिबी ¥यामलाई डाइनामिक र्‍याम एक्सपान्सन प्रविधि प्रयोग गरी १६ जिबीसम्म बढाउन मिल्छ ।

१०८ मेगापिक्सेलको सामसुङ आइसोसेल एचएम छ प्राइमरी क्यामेरा र दुर्ई एमपीको सेकेन्डरी क्यामेरासहितको डुअल क्यामेरा सेटअपमा आउने रियलमी ११ फाइभजीमा सेल्फी र भिडियो कलका लागि १६ एमपीको फ्रन्ट क्यामेरा राखिएको छ ।

आठ जिबी र्‍याम तथा १२८ जिबी स्टोरेज क्षमता भएको रियलमी एक्स फाइभजीको मूल्य २९ हजार नौ सय ९९ र आठ जिबी र्‍याम तथा २५६ जिबी स्टोरेज क्षमताको रियलमी ११ फाइभजीको मूल्य ३९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?