एजेन्सी । ब्राजिलका स्टार खेलाडी नेयमार एक वर्षपछि मैदानमा फर्किने हुनुभएको छ । उहाँको क्लब अल हिलालले नेयमार ठीक भएर खेल्नका लागि तयार भएको जानकारी दिएको हो । नेयमार सोमबार हुने एएफसी च्याम्पियन्स लिगअन्तर्गतको खेलमा युएईको क्लब अल ऐनविरुद्ध खेल्न तयार रहनुभएको छ । उहाँ टिमसँगै युएई प्रस्थानसमेत गर्नुभएको छ ।
२०२३ को अगस्टमा अल हिलाल आउनुभएका नेयमारले गत वर्षको अक्टोबरमा राष्ट्रिय टिमको खेलमा घाइते भएपछि एक वर्ष मैदानबाट बाहिर रहनुभएको थियो । नेयमारले अल हिलालका लागि अहिलेसम्म केवल पाँच खेल खेल्नुभएको छ ।
च्याम्पियन्स लिगको खेल खेल्न पाए पनि साउदी प्रो लिगमा भने नेइमार जनवरी अगाडि खेल्न नपाउने हुनुभएको छ । अल हिलालले नेयमारको इन्जुरी ठीक हुने सुनिश्चित नभएपछि विदेशी खेलाडीको कोटामा अन्य खेलाडीलाई लिगमा दर्ता गरेको छ । त्यसैले नेयमार साउदी लिगमा फर्किन भने जनवरीसम्म पर्खिनुपर्ने भएको छ । यस बीचमा उहाँले ब्राजिलको राष्ट्रिय टिममा कमब्याक भने गर्ने हुनुभएको छ । अल हिलालसँग नेयमारको आगामी जुनसम्म सम्झौता रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच