
काठमाडौं। मुक्त कमलरी अभियन्ता उर्मिला चौधरी अन्तर्राष्ट्रिय अवार्ड ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’बाट सम्मानित हुनुभएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्वदायी भूमिका खेलेको भन्दै उहाँलाई अमेरिकी विदेश मन्त्रालयले सम्मानित गरेको हो ।
चौधरीलाई अमेरिकामा सोमबार आयोजित एक कार्यक्रममा त्यहाँका विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनले अवार्डसहित सम्मान गरिएको दूतावासले जनाएको छ ।
चौधरीसहित विभिन्न देशका ६ जना अभियन्ताले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । अवार्ड पाउनेहरुमा घानाका दिन्ताइ सुल ताइरु, नेदरल्यान्ड्सका जोन लीरड्याम, उत्तर म्यासेडोनियाका एल्भिस शाकजिरी, मेक्सिकोकी तान्या दुआर्त र बोलिभियाकी तोमासा यार्हुइ ज्याकोम छन् ।
उर्मिला चौधरीको स्थायी घर दाङको गढवा गाउँपालिका–७ मानपुरमा पर्छ भने उहाँ पूर्वकमलरीसमेत हुनु हो । उर्मिला कमलरीमुक्त अभियानमा संलग्न अभियन्ता हुनु हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच