काठमाडौं । बृहत् र स्तरीय मानिएको प्रतियोगिता मोडल हन्ट नेपालको नवौं संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै मोडल हन्ट नेपालको नयाँ संस्करण अर्थात् ‘मोडल हन्ट नेपाल २०२४’को आवेदन खुला भएको जनाएको हो ।
प्रतियोगितामा सहभागीका लागि पुरुषको हकमा ५ फिट ६ इन्च र महिलाको हकमा कम्तीमा ५ फिट २ इन्च उचाइ हुनुपर्ने प्रावधान छ । आवेदन फर्म खल्ती एपबाट भर्न सकिनेछ । सहभागी प्रतियोगीको हकमा उमेर १६ देखि २८ वर्षीय हुनुपर्ने प्रावधान छ ।
प्रतियोगिताको प्रारम्भिक चरणको अडिशन नेभेम्बर २२ (मंसिर ७)गतेबाट सुरु हुनेछ । अडिशनमा छानिएका प्रतियोगीलाई सबिता कार्कीले कोरियोग्राफी गर्नुहुने छ । एक महिनाको प्रशिक्षणको क्रममा उनीहरूले व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्यांग््वेज, फोटोसुट, एक्स्प्रेसनलगायत ग्रुमिङ कक्षा पनि लिनेछन् ।
प्रतियोगितामा विजेता पाँच लाखबराबरको पुरस्कारको अलवा अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता रनवे मोडल युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिनुभयो ।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउनसक्ने व्यावसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत आठ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षणसमेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताउनुभयो । प्रतियोगिताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सिर्जना गर्ने धमलाको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच