
काठमाडौं । यही कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारंगी’को नयाँ गीत ‘रैयाँ चाँदीको’ सार्वजनिक गरिएको छ । दोहोरी ब्याटल शैलीको ‘रैया चाँदीको’ गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ भने नवराज पन्तको शब्द तथा गायक अविरल स्वयंको संगीत छ । गीतको भिडियोमा चलचित्रका दुई प्रमुख पात्र विजय बराल र अञ्जना बराइलीको अभिनय छ ।
सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको यो चलचित्रमा विजय र अञ्जनासहित प्रकाश सपुत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाहलगायतको अभिनय छ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको यो चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच