
काठमाडौं । नेपालको हीरा ब्राण्ड क्लासिक डाइमण्डले यसपटक पनि ‘फेस अफ क्लासिक डाइमण्ड’ पाँचौँ सिजन आयोजना गर्ने घोषणा गरेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा क्लासिक डाइमण्डका अध्यक्ष बाबुराजा महर्जनले आगामी माघ ४ र ५ गते काठमाडौंमा ‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौँ सिजन आयोजना हुने जानकारी दिनुभएको हो । उहाँका अनुसार प्रतियोगितामा उत्कृष्ट मोडलले फेस अफ क्लासिक डाइमण्डको उपाधिसहित एक लाख ५० हजार रुपैयाँ र एक वर्षसम्म क्लासिक डाइमण्डको ब्राण्ड एम्बेस्डरको जिम्मेवारी पाउनेछन् ।
विगतमा यो प्रतियोगिताकी विजेता साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली चलचित्रमा, अञ्जली लामाले न्युयोर्क फेशन सप्ताहमा, मुना गौचनले बलिउडमा आफूलाई स्थापित गरिसकेको पनि अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।
यो प्रतियोगिताका लागि नेपालमा काठमाडौं र पोखरामा अडिसन गरिने क्लासिक डायमण्डका प्रबन्ध निर्देशक अमिर महर्जनले बताउनुभयो ।
अमेरिकामा समेत तीनवटा आउटलेट चलाउँदै आएको क्लासिक डाइमण्डले अमेरिकामा रहेका नेपाली मोडलहरूबीच पनि अडिसन लिने जनाएको छ । सो अडिसनबाट चयन भएकामध्ये दुई मोडललाई नेपाल ल्याएर ‘फेस अफ क्लासिक डाइमण्ड’को प्रतिस्पर्धामा उतार्ने क्लासिक डाइमण्डका अमेरिका संयोजक समीर महर्जनले जानकारी दिनुभयो ।
क्लासिक डाइमण्डको ग्राण्ड फेशन तथा ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौंमा हुनेछ । सोही कार्यक्रममा ‘फेस अफ क्लासिक डाइमण्ड’का विजेताहरूलाई पुरस्कृत गरिनेछ । प्रतियोगितालाई बलिउडका कोरियोग्राफर रेहान शाहले कोरियोग्राफी गर्ने बताइएको छ । पत्रकार सम्मेलनमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले ‘फेस अफ क्लासिक डाइमण्ड’ प्रतियोगिताले नेपालमा धेरै राम्रा मोडलहरूलाई यो क्षेत्रमा ल्याएको बताउनुभयो ।
अर्की पूर्व मिस नेपाल अस्मी श्रेष्ठले पनि ‘फेस अफ क्लासिक डाइमण्ड’ प्रतियोगितामा जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय राष्ट्रिय मोडल सविता कार्कीले पनि ‘फेस अफ क्लासिक डाइमण्ड’सँगको अनुभव पत्रकारहरूलाई सुनाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच