सरकारविरुद्ध माओवादीको खबरदारी जुलुस (तस्वीरहरू)

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले काठमाडौंमा सरकारविरुद्ध खबरदारी जुलुस निकालेकाे छ । ​ पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माओवादी केन्द्रले शनिबार काठमाडौंमा खबरदारी सभा गरेको हो ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभा काठमाडौं मलमा जम्मा  नेता तथा कार्यकर्ताहरू जम्मा भई त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गरेका छन् ।

जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा भई रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत भएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?