
काठमाडौं । सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका बाढी प्रभावित परिवारलाई आधारभूत आवश्यकताका सामग्री वितरण गरेको छ ।
सिप्रदीयन सहायता संस्थातर्फबाट तुलसीजंग बस्नेत, रोज क्षेत्री, गोविन्द उपाध्याय, रजत श्रेष्ठ, विमल गौतमलगायतको उपस्थितिमा ३० घरपरिवारलाई राहतस्वरूप प्रतिघर डसना, सिरानी, झुल, जग, बाल्टिन, गिलास र थाल वितरण गरिएको संस्थाले जनाएको छ । सो अवसरमा नगरपालिकातर्फबाट सञ्जय तामाङ, अच्युत उप्रेतीलगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच