
इति बेला प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र छट्पटाएको देखिन्छ । किन कि सत्तादेखि बाहिर बस्नुको पीडा उसले बल्ल राम्ररी बुझ्ँदै छ । हुन त नेपालका राजनीति दलहरू सत्ता स्वार्थका लागि जे मन लाग्छ त्यही गर्दै आएका छन् । कुनै नौलो कुरा होइन । उनीहरू आफ्नो स्वार्थ पूर्तिका लागि जस्तो सुकै हर्कत गर्न पछि पर्दैनन् । विगतदेखि वर्तमान समयले यो कुरा पुष्टि गर्दै आएको छ । देश र जनताको भाग्य, भविश्य बारे उनीहरूलाई खासै मतलब भएको देखिँदैन । राजनीति दल र तिनका नेताहरू सरकारमा बस्दा देशको ढुकुटी सिध्याउने र सरकारदेखि बाहिर बस्दा आन्दोलनको धम्की दिने यो राजनीति दलहरूको पुरानै रोग हो । यतिखेर माओवादी केन्द्र पनि आन्दोलनको हुंकार गरिरहेको छ । आन्दोलनको नाममा जनतालाई अनावश्यक दुःख दिने काम कुनै पनि दलले गर्नु हुँदैन । लामो समयदेखि नेपाली जनता दुःख कष्ट व्यहोर्दै आइरहेका छन् । जनता आफ्नो भविश्यको चिन्तामा छन् । सत्ताबाट बाहिरिनुपरेको पीडाले छटपटिएको माओवादी यतिबेला सडक र सदनमा छ । उसले अब दुवै मोर्चाबाट दबाब सिर्जना गर्ने बताउँदै आएको छ । विपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने कसरतमा माओवादी केन्द्र छ । ऊ सकेसम्म सत्ता साझेदार दल नेपाली कांग्रेसका नेतासँग मिलेर गठबन्धन भत्काउने अभियानमा छ । तत्काल त्यो सम्भव नभए पनि भविश्यमा भन्न सकिँदैन ।
देशको राजनीतिक अवस्था अस्थिर र तरल रहेकाले जनताले अपेक्षा गरेअनुसार विकास, सुशासन, भ्रष्टाचारमुक्त समाज हुनसकेको छैन । देशमा राजनीतिक समझदारी कायम गरी विकास निर्माण र आर्थिक सुधार हुनुपर्नेमा हुनसकेको छैन । विकसित मुलुक निर्माण गर्ने लक्ष्य र योजना सरकार एवं राजनीतिक दलको हुनुपर्नेमा राजनीतिक दलहरू सरकार सञ्चालन र सरकारमा सहभागी हुनेमा मात्र लागिपरेको देखिएकाले जनताको अपेक्षा अनुसार सुशासन, विकास र समृद्धिको चाहना पूरा हुनसकेको छैन । देशमा विकास र समृद्धि पूरा हुन नसकेको प्रमुख कारणमध्ये एक भ्रष्टाचार पनि हो ।
सत्ताबाट बाहिरिनुपरेको पीडामा रहेको माओवादीले शनिबार (कात्तिक १०) मा राजधानीमा जनप्रदर्शन गरेको छ । माओवादीहरू जसरी पनि अहिलेको गठबन्धन ढाल्ने र आफूहरूसहितको सरकार बनाउने भित्री खेलमा छन् । यो कुरा सबैले बुझिसकेका छन् । यसले नेपालको राजनीतिमा थप अस्थिरता निम्तने हो कि भन्ने राजनीति बृतमा आशंका गर्न थालिएको छ । मुलुकलाई अस्थिरतातर्फ लैजान जस–जसले खेल खेलिरहेका छन् त्यो राम्रो कुरा होइन, यसले कसैको हित गर्नेछैन ।
देश गम्भीर संकटको संघारमा छ । देशलाई राजनीति दुर्घटनाहुनवाट बचाएर अघि बढनुपर्ने जरुरी छ । वर्तमान केपी ओली सरकारले पनि जनअपेक्षा बमोजिम काम गरेर देखाउन सकेन । सरकारले राम्रो काम गरेर देखाउन नसकेपछि विपक्षी दलहरूलाई आन्दोलनको मसला बन्न सक्छ । माओवादीका अध्यक्ष प्रचण्डले अहिले देशी-विदेशी शक्तिको प्रयोग गरी सत्ता ढाल्ने खेलमा लागेका छन् । अहिलेको व्यवस्थाविरुद्ध केही तत्व सक्रिय छन् । उनीहरूलाई नै मलजल पुग्ने गरी जसरी काम भइरहेको छ यसले मुलु्कको अस्तित्व संकटमा पर्ने सम्भावना रहनसक्छ । राजनीति व्यक्तिगत स्वार्थ त्याग गरेर गर्नुपर्छ । दुई ठूला दल मिलेर सरकार गठन गरे पनि हालसम्म जनताको मुहारमा खुशी आउन सकेको छैन । कांग्रेस-एमाले मिलेर बनेको सरकारप्रति जनता त्यति सन्तुष्ट भएको देखिएको छैन । सरकारले मुलुकमा रोजगारी र्सिजना गर्न सकेन ।
भ्रष्टाचारको जालो तीनवटै सरकारमा फैलने क्रम दिनानुदिन वृद्धि भइरहेको छ । यसले गर्दा जनतामा चरम निराशा बढिरहेको छ । २०७२ सालमा नयाँ संविधान जारी भएसँगै संघ, प्रदेश र स्थानीय गरी तीनवटा सरकारको व्यवस्था गरिएको थियो । तीनवटै सरकार मिलेर आमजनतालाई प्रभावकारी सेवा दिने, मुलु्कमा सुशासन कायम गर्ने र भ्रष्टाचारको अन्त्य गर्ने विश्वास गरिएको थियो । तर अपेक्षाविपरीत काम भइरहेको छ । देशमा केन्द्रीकृत शासन प्रणाली हुँदा पनि भ्रष्टाचार र कुशासन नभएको भने होइन । त्यही भएर नै सुशासन र विकासको लागि भन्दै जनताकै आन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो । हाम्रो राजनीतिक नेतृत्वले अफ्नो प्रवृत्तिलाई परिवर्तन गर्न सकेनन् ।
नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे सम्झौताको पहिलो सूचीमा राष्ट्रिय सहमतिका साथ अघि बढ्ने प्रतिवद्धता जनाइएको थियो । त्यो प्रतिबद्धता कार्यान्वयन गरेको खै ? संविधान संशोधन गर्ने प्रतिबद्धता उल्लेख थियो । संविधान संशोधनका लागि सके राष्ट्रिय सहमति नभए पनि सत्तापक्ष र प्रतिपक्षबीचको सहमति जरुरी हुन्छ । करिब १०० दिनको कार्यकाल हेर्दा यो सरकार आफ्नो प्रतिबद्धताबाट भागेको देखिन्छ । प्रतिपक्षी दलहरूको साथ सहयोगविना राष्ट्रिय सहमति सम्भव छैन, राष्ट्रिय सहमतिविना संविधान संशोधन सम्भव छैन ।
जबरजस्ती गर्नु भनेको देशमा संकट निम्त्याउनुमात्रै हो । सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामा छन् । थुनामा राखेर अनुसन्धान भइरहेको छ । उनका समर्थकहरू उनको रिहाइको मागसहित सडकमा छन् । देशको चौथो ठूलो दल रास्वपा आन्दोलनमा उत्रिइसकेको छ । लामिछानेको पक्षमा पोखरापछि काठमाडौंमा पदर्शन भइरहेको छ । शासन व्यवस्थाविरोधीहरूले यस्तै मौका पर्खेर बसेका हुन्छन् । व्यवस्थाविरोधीको साथ लिन रास्वपालाई सजिलो भएको छ ।
राजनीतिक दल, नेताप्रति जनआकर्षण घट्दै गइरहेको छ । आमजनतामा राजनीतिप्रति निराशा पैदा भएको छ । त्यसो हुनाले सरकार र प्रमुख राजनीतिक दलहरू पद र पावरको लागि मात्र हाबी भइरहेको अवस्थाले आमनेपाली जनता आर्कोशित छन् । अब सबै पार्टीहरू मिलेर विकास निर्माण गर्नुपर्दछ । यो बाहेक कुनै उपाय छैन । एकले अर्कोलाई छिर्के हान्ने प्रवृत्तिले देशलाई अघि बढाउन सक्दैन । देशको विकास भयो भनेमात्र जनताको मुहारमा खुशी देख्न सकिन्छ ।
देशमा राजनीतिक समझदारी कायम गरी विकास निर्माण र आर्थिक सुधार हुनुपर्नेमा हुनसकेको छैन । विकसित मुलुक निर्माण गर्ने लक्ष्य र योजना सरकार एवं राजनीतिक दलको हुनुपर्नेमा राजनीतिक दलहरू सरकार सञ्चालन र सरकारमा सहभागी हुनेमा मात्र लागिपरेको देखिएकाले जनताको अपेक्षा अनुसार सुशासन, विकास र समृद्धिको चाहना पूरा हुनसकेको छैन । देशमा विकास र समृद्धि पूरा हुन नसकेको प्रमुख कारणमध्ये भ्रष्टाचार हो । त्यसैले २०४६ सालपछि सार्वजनिक पद धारण गरेका कर्मचारीदेखि राजनीतिज्ञको समेत सम्पत्ति छानबिन गरी स्रोत नखुलेको सम्पत्ति जफत गरेर विकास निर्माणमा लगाउनुपर्छ । देशमा भएका भ्रष्टाचार नै ठूला आयोजनाहरू, राष्ट्रियस्तरका योजना र कुनै पनि विकास निर्माण समयमा सम्पन्न हुन नसक्नुको प्रमुख कारण हो ।
आमनेपालीलाई महसुस हुने गरी कानुन, नीति निर्माण गरेर जनतामा भरोसा हुनेगरी कार्य गर्नुपर्दछ । अख्तियार, सम्पत्ति शुद्धीकरणजस्ता निकायलाई सफल र सक्षम बनाउनुपर्दछ । देशभरि फैलिरहेको महँगीलाई नियन्त्रण गर्न औद्योगिक कानुन, ऐन, नियम व्यवस्थित गरिनुपर्छ । आमयुवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्छ । उद्योग व्यवसाय र उत्पादनमा युवालाई जोड्नुपर्छ । देशमा उत्पादन कम हुँदै गएकाले महँगी बढ्दै गएको हो । खेतीपातीमा काम गर्ने युवाहरू विदेशिएपछि उत्पादनमा कमी आउनु स्वाभाविक हो । विदेशबाट सामान ल्याउनुपरेपछि महँगी बढ्दै जानु स्वाभाविक नै हो । यतिबेला नेपालमा देखिएको सहकारी समस्या समाधान गर्नु सरकारको प्रमुख दायित्वभित्र रहनुपर्छ । लाखौं जनताको बचत सुरक्षा हुनुपर्छ । सहकारीमार्फत सामुहिक कृषि, पर्यटन र उद्योगमा लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्दछ ।
सरकार र प्रमुख राजनीतिक दलहरू पद र पावरको लागि मात्र हाबी भइरहेको अवस्थाले आमनेपाली जनता आर्कोशित छन् । अब सबै पार्टीहरू मिलेर विकास निर्माण गर्नुपर्दछ । यो बाहेक अर्को कुनै उपाय छैन । एकले अर्कोलाई छिर्के हान्ने प्रवृतिले देशलाई अघि बढाउन सक्दैन । देशको विकास भयो भनेमात्र जनताको मुहारमा खुशी देख्न सकिन्छ । (लेखक डा. उपाध्याय १५३ विश्वर्कीतिमानी व्यक्तित्व हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच