सिन्धुपाल्चोक । चौथो संस्करणको मालिकादेवी कप खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि धार्पा युवा क्लबले जितेको छ । मेलचौरस्थित दरबार डाँडा खेलमैदानमा शनिबार भएको फाइनलमा धार्पाले सुनकोशी ‘बी’ लाई ३-० ले पराजित गर्यो ।
विजेता धार्पाले एक लाख ५५ हजार ५५५ तथा उपविजेताले सुनकोशी ‘बी’ ले ७७ हजार ७७७ रुपैयाँ प्राप्त गरे ।
मेलचौर युवा जागरण समाजद्वारा आयोजित प्रतियोगितामा सागर तामाङ उत्कृष्ट खेलाडी, सन्दीप कार्की सर्वाधिक गोलकर्ता, सुसन श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, आदेश शिवाकोटी उत्कृष्ट गोलकिपर, भ्रिगानकिरण सिंह उत्कृष्ट रक्षक र सागर लामा उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । फेयर प्लेको अवार्ड राई एफसी टिमले हात पारेको छ । राई एफसीले पाँच हजार तथा अन्य व्यक्तिगत विधाका विजेताले तीन हजार रुपैयाँ प्राप्त गरे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच