अस्ट्रेलियामा बढ्दै गएको मानव शोषणविरुद्ध लड्न विशेष संघीय प्रहरी परिचालन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । बढ्दो मानव बेचबिखन र शोषण विरुद्ध लड्न अस्ट्रेलियाली संघीय प्रहरी (एएफपी) का विशेष अधिकारीहरूलाई देशभरका समुदायहरूमा खटाइएको छ । नयाँ मानव शोषण सामुदायिक अधिकारीहरूले मानव बेचबिखन र अनलाइन बाल यौन शोषण रोक्नको लागि जोखिममा परेका समुदायहरूलाई लक्षित शिक्षा प्रदान गर्ने एएफपीले जनाएको छ ।

दासत्व, जबरजस्ती विवाह र जबरजस्ती श्रमसहित मानव बेचबिखनका ३८२ वटा घटनाहरू थिए । जुन ३० मा समाप्त भएको आर्थिक वर्ष २०२३-२४ मा ३४० भन्दा बढी रिपोर्ट गरिएको थियो । एएफपीको नेतृत्वमा रहेको अस्ट्रेलियन सेन्टर टु काउन्टर चाइल्ड एक्सप्लोइटेसनलाई अनलाइन बाल यौन शोषणको रिपोर्टले २०२२-२३ मा ४० हजार २३२ र २०२३-२४ मा ५८ हजार ५ सय बढी शोषणमा परेको बताएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?