काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष डा. बद्री केसीले नेपालमा गैरआवासीय नेपालीले साधारण सेयरमार्फत् (आइपिओ)बाटै लगानी गर्न सक्ने गरी १० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयन चरणमा पुगेको बताउनुभएको छ । नेपाल धितोपत्र बोर्डले निर्देशिका जारी गरेसँगै लगानी भिœयाउन बाटो खुल्ने उहाँको भनाइ थियो । अध्यक्ष केसीले भन्नुभयो, ‘विदेशबाट नेपालीले लुकेरै लगानी गर्नुपर्ने अवस्था हुँदा फण्डको परिकल्पना गरिएको हो, पछिल्लो छ महिनामा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकको सहजीकरणमा केही दिनमै कार्यान्वयनमा आउने अवस्था छ ।’
एनआरएन दिवस र वार्षिक साधारणसभाको नेपालमा आर्थिक रूपान्तरका लागि पूर्वाधार निर्माण सत्रमा सम्बोधन गर्दै उहाँले विदेशमा बस्ने नेपालीले वैैधानिक लगानी कसरी गर्न सकिन्छ भन्ने खोजीमा एनआरएनए फण्ड स्थापना भएको बताउनुभएको हो ।
त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारीले सरकारको प्राथमिकता नीतिगत सुधार गरी गैरआवासीय नेपालीको लगानी भिœयाउन विभिन्न ऐन संशोधन गरिएको बताउनुभयो । नेपालमा आर्थिक रूपान्तरका लागि पूर्वाधार निर्माण सत्रमा सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका प्राथमिकता बारम्बार स्पष्ट पारेकाले लगानीको ढोका खुला रहेको बताउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, ‘नेपालमा जलविद्युत्, सूचना प्रविधि, उत्पादनमूलक उद्योगलगायतका क्षेत्रमा अवसर रहेका छन्, अहिले सरकारले एनआरएनएलाई जति प्राथमिकता दिएको छ, पछि नदिन सक्छ । अहिले नै आउनुपर्छ ।’
त्यस्तै नेपाल धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष महेश बरालले नेपालको पुँजी बजारमा गैरआवासीय लगानी भिœयाउने तयारी भइरहेको बताउनुभयो । १० अर्बको फण्ड सञ्चालन मोडालिटी सफल हुँदा गैरआवासीय संघसँगै नेपाल सरकारका लागि पाठ हुने उहाँको भनाइ थियो । बरालले भन्नुभयो, ‘१० अर्बको फण्ड २०२२ देखि नै तीव्रगतिमा अघि बढेको थियो, सबै सरकारी निकायको सुझाव समेटेर निर्देशिका राष्ट्र बैंकमा सहमतिका लागि पठाइएको छ ।’ राष्ट्र बैंकले सहमति दिएको एक हप्ताभित्रै निर्देशिका जारी गर्न सक्ने र छठलगत्तै कार्यान्वयनमा आउने उहाँले जानकारी गराउनुभयो ।
गैरआवासीय फण्ड स्थापना सन् २००५ मा स-साना लगानी भिœयाउने कन्सेप्टअनुसार सुरु भएको थियो । २०१९ मा मात्रै सरकारसँग सम्झौता भएको र २०२१ मा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको एनआरएनए डेभलपमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत डा. अनलराज भट्टराईले बताउनुभयो । धितोपत्र बोर्डबाट निर्देशिका जारी भएसँगै प्राथमिक सेयर निष्कासन सुरु गरिने उहाँको भनाइ थियो ।
राष्ट्र बैंककी कार्यबाहक गभर्र्नर डा. निलम ढुंगानाले गैरआवासीय नेपालीले विदेशी ऋण र लगानी भित्र्याउन सहजीकरण गरिएको बताउनुभयो । नेपालमा कर्पोरेट संस्कृतिसँगै पर्याप्त लगानी बढाउन गैरआवासीय नेपालीले सक्ने उहाँको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले एनआरएनएले भारतीय समुदायको एनआरआईबाट केही सिक्ने अवस्था देखिएको बताउनुभयो । नेपालमा सानो व्यवसाय गर्न प्रक्रियागत झन्झट धेरै हुँदा युवा विदेशिन थालेको भन्दै उहाँले लगानी गर्न सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच