कटुवा पेस्तोलसहित दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सिरहाको गोलबजार नगरपालिका-११ बलकवा मैनाबती पुलबाट बुधबार राति बाह्रबोरको कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेकाे प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-४ का १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका-११ बलकवाका २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् ।

इलाका  प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले उनीहरूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको जनाएको छ ।  यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?