मोरङ । छन्दकवि रोहिणी रसिकको ‘छन्द उपासना’ कवितासंग्रहको विमोचन गरिएको छ । खोटाङ सामाजिक सेवा मञ्चले आयोजना गरेको कार्यक्रममा सो कवितासंग्र्रहको विमोचन गरिएको हो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. टंक न्यौपाने, विराटनगर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवस पोखरेल, चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, अग्रज साहित्यकार बलराम पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, सनातन धर्म सेवा समितिका अध्यक्ष कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ लगायतले संयुक्तरूपमा कृतिको विमोचन गर्नुभएको थियो ।
विमोचित कृतिमाथि समालोचक छवि वैरागीले समीक्षा गर्नुभएको थियो । उहाँले कवितासंग्र्रहमा सामाजिक विकृति विसंगतिप्रति विद्रोह ओकल्दै सभ्य समाज स्थापनाको पक्षमा सशक्त वकालत गरेका कविताहरूको आधिक्यता रहेको बताउनुभयो ।
त्यस्तै कविताहरूमा राष्ट्रप्रेम, मानवतावाद र विश्वशान्तिको कामनासमेत गरिएको चर्चा गर्नुभयो । सो अवसरमा साहित्यकार प्रिन्सप्रमोद ढकाल, चिरञ्जीवी काफ्ले, तुलसी अधिकारी, नारायणप्रसाद पोखरेल, तारा पराजुलीलगायतले विमोचन भएको संग्र्रहभित्रका कविता वाचन गर्नुभएको थियो ।
शब्द मिडिया प्रकाशन प्रालि (साहित्य पोष्ट)ले प्रकाशित गरेको संग्र्रहमा १२ वटा शास्त्रीय छन्दका ५९ वटा कविताहरू छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच