वेष्ट इण्डिज । घरेलु टोली वेष्ट इण्डिजले इंग्ल्याण्डविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला २-१ ले आफ्नो पक्षमा पारेको छ । बुधबार तेस्रो तथा अन्तिम खेलमा वेष्ट इण्डिज आठ विकेटले विजयी भयो । यसअघि वेष्ट इण्डिज आठ र इंग्ल्याण्ड पाँच विकेटले विजयी भएका थिए ।
बार्बाडोसस्थित केन्सिङ्टन ओभलमा इंग्ल्याण्डले प्रस्तुत गरेको २६४ रनको लक्ष्य वेष्ट इण्डिजले ४३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । वेष्ट इण्डिजका लागि केसी कार्थीले ११४ बलमा १५ चौका र दुई छक्काको मद्दतले अविजित १२८ रनको योगदान गर्नुभयो । यसैगरी ब्रेन्डन किंगले ११७ बलमा १३ चौका र एक छक्काको मद्दतले १०२ र इभन लुइसले १९ रन बनाउनुभयो ।
दोस्रो विकेटका लागि कार्थी र किंगले २०९ रनको साझेदारी गर्नुभयो । इंग्ल्याण्डका लागि रिस टोप्ली र जिमी ओभरटनले समान एक विकेट लिनुभयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६३ रनको योगफल तयार पारेको थियो ।
इंग्ल्याण्डका लागि फिल साल्टले १०८ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ७४ रनको योगदान गर्नुभयो । यसैगरी ड्यानिल मुस्लेले ७० बलमा पाँच चौका र एक छक्काको मद्दतले ५७, साम करनले ४०, जोफ्रा आर्चरले अविजित ३८ र जिमी ओभरटनले ३२ रन बनाउनुभयो ।
साल्टले पाँचौँ विकेटका लागि करन र छैटौँ विकेटका लागि मुस्लेसँग समान ७० रनको साझेदारी गर्नुभयो । वेष्ट इण्डिजका लागि म्याथ्यु फोर्डले तीन, अल्जारी जोसेफ र रोमारिया शेफर्डले समान दुई र रोस्टन चेजले एक विकेट लिनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच