खोटाङ । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसमा कार्यरत लेखापाल र सहायक प्राध्यापक सम्मानित भएका छन् ।
छैठौँ क्याम्पस सभाको अवसरमा शनिबार बिहान लेखापाल चुडाबहादुर कार्की र प्राध्यापक संजीव थापा सम्मानित भएका हुन्। क्याम्पसको सभाहलमा लेखापाल कार्कीलाई नगद चार हजार र सहायक प्राध्यापक थापालाई नगद पाँच हजारसहित कदर पत्रले सम्मान गरिएको हो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी कार्की २०५१ मंसिर १ गतेबाट क्याम्पससँग आवद्ध भई २०७९ फागुन १ गतेबाट लेखापालको भूमिकामा कार्यरत छन् । सोही नगरपालिका–२ दिक्तेलका थापा २०७५ कात्र्तिक २२ गतेदेखि जेष्ठ १ गतेसम्म आंशिक र जेष्ठ १ गतेपछि पूर्णकालिन सहायक प्राध्यापकको रुपमा कार्यरत छन् ।
विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त क्याम्पसलाई लेखापालको रुपमा पु¥याएको उत्कृष्ट योगदानको उच्च सम्मान गर्दै कार्की र व्यवस्थापन सङकायमा क्याम्पसलाई पु-याएको उत्कृष्ट योगदानको उच्च सम्मान गर्दै थापालाई सम्मान गरिएको दिक्तेल बहुमुखी क्याम्पस प्रमुख हिराकुमार राईले बताउनुभयो ।
कार्की र थापालाई क्याम्पस प्रमुख राई, क्याम्पस सञ्चालक समिति अध्यक्ष दुर्गाजयन्ती राई र प्रतिनिधिसभा सदस्य रामकुमार राई(पासाङ)ले सम्मान गर्नुभएको थियो ।
२०३७ सालमा स्थापना भएको जिल्लाकै पूरानो दिक्तेल बहुमुखी क्याम्पसलाई लगभग आठ वर्षको प्रयत्नपछि विश्वविद्यालय अनुदान आयोगको बोर्डले २०८० पुष १९ गते क्युएए दिने निर्णय गरेको थियो । बोर्डले माघ १२ गते काठमाण्डौमा भएको विशेष समारोहमा बोलाएर क्याम्पसलाई क्युएएको प्रमाणपत्र प्रदान गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच