हुम्ला । मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवारका लागि नेपाली कांग्रेस उम्मेदवार छनोट गरेको छ ।
सर्केगाड गाउँपालिका–८ राहदेव गाउँका सविता बुढालाई नेपाली कांग्रेस जिल्ला संसदीय समिती बोर्डले सर्केगाडमा हुन लागेको उपाध्यक्ष पदका लागि उम्मेदवार चयन गरेको जिल्ला पार्टी उपसभापति बसन्त रोकायाले बताउनुभयो ।
यता नेकपा एमाले र माओवादी भने पर्ख र हेरको अवस्था गरिरहेको समयमा कांग्रेसले शनिबार आफ्नो उम्मेदवारको नाम टुङगो लगाएको हो ।
निर्वाचन क्षेत्र नम्बर (क) मा पर्ने सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि बुढालाई कांग्रेसले उम्मेदवारी खडा गरेको जानकारी उपसभापति रोकायाले बताउनुभयो ।
२०७९ सालको स्थानीय तहको उम्मेदवारमा नेपाली कांग्रेसबाट बुढा आकांक्षी समेत हुनु हुन्थ्यो । नेपाली कांग्रसबाट बुढा सर्केगाडमा बलियो उम्मेदवार समेत मानिनु हुन्छ । अन्य आकांक्षी भन्दा बुढा बलियो उम्मेदवार भएकाले उम्मेदवारीको नाम टुंगो लागेको कांग्रेस हुम्लाले जनाएको छ । सर्केगाड गाउँपालिकामा जातिय हिसाबले पनि बुढाको राम्रो क्षेत्र रहेको छ । बुढालाई राम्रो मान्ने भएका कारण पनि उम्मेदवारी चयन गरिएको हो । नेपाली कांग्रेसबाट बुढा बलियो उम्मेदवार हुन् ।
कांग्रेस, एमाले, माओवादी गरी तीनवटा दल मध्य माओवादी र एमालेले आफ्नो उम्मेदवार अहिलेसम्म चयन गर्न सकिरहेको छैन । सर्केगाडमा तीनवटा दलको हाबी भएपनि माओवादी र एमालेले उपाध्यक्ष पदको उम्मेदवार चयन गर्न नसकेको हो ।
नेकपा माओवादी केन्द्र हुम्ला सर्केगाडको पालिका केन्द्रमा केन्द्रि भएको छ । एमाले सर्केगाडमा रहेका आठ वटै वडामा केन्द्रित भएको छ ।
नेकपा एमाले हुम्ला यतिबेला सर्केगाड गाउँपालिकाका आठवटै वडामा विभिन्न नेताहरुको नेतृत्वमा टोली परिचालीत भएर घरदैलोमा व्यस्ते देखिएको छ । चारवटा समुह विभाजीत भएर घरदैलो अभियानमा एमाले लागि परेको एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो ।
यस्तै नेकपा माओवादी केन्द्र उपाध्यक्ष पदको उम्मेदवारी चयनका लागि सर्केगाडमा केन्द्रि भएको जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान)ले बताउनुभयो । पार्टीको बैठक सर्केगाडमा सम्पन्न भएपनि उम्मेदवार चयनका लागि छलफल भएको पार्टी सचिव बोहराले बताउनुभयो । केही दिनमा मात्रै उपाध्यक्ष पदको उम्मेदवार चयन हुने बताइएको छ ।
यसअघि २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी गठनबन्ध हुँदा सर्केगाडको अध्यक्षमा ठान बहादुर रोकाया र उपाध्यक्षमा चन्द्रसिंह कार्की (मुक्ती) निर्वाचीत हुनु हुन्थ्यो । उपाध्यक्ष कार्की सुर्खेतबाट नेपालगञ्ज जाने समयमा दुर्घटनामा परी मृत्युभएपछि रिक्त उपाध्यक्ष पदका लागि सर्केगाडमा उपनिर्वाचन हुन लागेका हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच