काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले इंग्लिस अलराउन्डर ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको गुर्खाजले चौथो विदेशी खेलाडीका रूपमा ड्यानलाई अनुबन्ध गरेको हो ।
विस्फोटक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित डौथवेटले टोलीमा एउटा असाधारण ऊर्जा र बहुमुखी क्षमता प्रदान गर्ने गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले विश्वास व्यक्त गर्नुभयो । ‘ड्यान एक असाधारण प्रतिभा हुन् जसको अलराउन्डर क्षमताले एनपिएलमा हाम्रो टोलीलाई रणनीतिक फाइदा दिनेछ । उहाँको आक्रामक खेल शैली र बहुमुखीपन हाम्रो लक्ष्यसँग मेल खान्छ र उहाँले मैदानमा ठूलो प्रभाव पार्नेमा म पूर्ण विश्वास राख्दछु,’ उहाँले भन्नुभयो ।
अलराउन्डर ड्यानले पनि उत्साह व्यक्त गर्दै भन्नुभयो, ‘टोलीमा सामेल हुन पाउँदा म धेरै गर्व महसुस गरिरहेको छु । म टोली र प्रशंसकहरूका लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न प्रतिबद्ध छु र नेपालमा हुने यस रोमाञ्चक यात्रा आरम्भ गर्न आतुर छु ।’
काठमाडौंले यसअघि नै डच ओपनर माइकल लेविट, नामिबियन कप्तान गर्हार्ड इरास्मस र इंग्ल्याण्डका स्टिभ एस्किनाजीलाई अनुबन्ध गरिसकेको छ । टोलीको ‘मार्की’ खेलाडीमा करण केसी रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच