नयाँदिल्ली । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिकालाई सहजै पराजित गरेको छ । ओपनर सन्जु स्यामसनको शतकको सहयोगमा भारतले दक्षिण अफ्रिकालाई ६१ रनले हराएको हो । जितसँगै चार खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।
शनिबार बिहान सम्पन्न खेलमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७.५ ओभरमा अल आउट हुँदै ११४ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि हेनरिक केल्सेनले २२ बलमा सर्वाधिक २५, जेरार्ड कोट्जेले २३, ओपनर रायन रिकल्टनले २१ तथा डेविड मिलरले २२ बलमा १८ रन बनाउनुभयो । भारतका लागि वरुण चक्रवर्ती र रवि विश्नोईले समान तीन, आभेस खानले दुई तथा अर्शदिप सिंहले एक विकेट लिनुभयो ।
त्यसअघि दक्षिण अफ्रिकाको डर्बनमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०२ रन बनाएको थियो । भारतका लागि ओपनर सन्जुले ५० बलमा १०७ रनको सानदार पारी खेल्नुभयो । टी-२० आई करियरको दोस्रो शतक सन्जुले ४७ बलमा पूरा गर्नुभयो । टी-२० आईमा सन्जुको यो लगातार दोस्रो शतक हो । गत महिना हैदरावादमा बंगलादेशविरुद्ध पनि सन्जुले शतक प्रहार गर्नुभएको थियो । सन्जुले दोस्रो विकेटका लागि कप्तान सूर्यकुमार यादवसँग ६६ रनको साझेदारी गर्नुभयो । सूर्यकुमारले १७ बलमा २१ रन जोड्दा तिलक बर्माले १८ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ३३ रन बनाउनुभयो । रिंकु सिंहले १० बलमा ११ रन बनाउनुभयो ।
भारतले १३.३ ओभरमा १५० रन जोडेकोमा दक्षिण अफ्रिकाले पछिल्लो ओभरमा राम्रो बलिङ गर्दा विशाल योगफल तयार गर्न सकेन । दक्षिण अफ्रिकाले पछिल्लो ५ ओभरमा ३५ रन खर्चिएर ५ विकेट लिएको थियो । दक्षिण अफ्रिकाका लागि जेरार्ड कोट्जेले तीन तथा मार्को यानसन, केशव महाराज, पिटर, प्याट्रिक क्रुजरले समान एक विकेट लिनुभयो । दुई देशबीचको दोस्रो टी ट्वान्टी आइतबार हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच