काठमाडौं । ‘नेशनल किड्स अफ द इयर २०२४’का विजेता नभ्नी उलक, निशान उलक, केरिङ दोङ र प्रणय मानन्धर थाइल्याण्डमा हुनुहुन्छ । बैंककमा यही नोभेम्बर ९ देखि १८ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्टस् २०२४’ मा हेरिटेज जेम्स विधामा नेपालको प्रतिनिधित्व गर्न उहाँहरू शुक्रबार थाइल्याण्ड पुग्नुभएको थियो ।
‘नेसनल किड्स अफ द इयर २०२४’ इभेन्ट बेटर ग्यालेक्सीकै आयोजनामा केही अगाडि सम्पन्न भएको थियो । इभेन्ट बेटर ग्यालेक्सीकैमा प्रमुख धीरज तण्डुकार हेरिटेज जेम्स विधाका लागि नेसनल डाइरेक्टरका रुपमा समेत रहनुभएको छ । हेरिटेज प्याजेन्टस् २०२४ अन्तर्गत सोही प्रतियोगिताका शो निर्देशक एवं अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, नृत्य निर्देशक लिजा श्रेष्ठ, इभेन्ट बेटर ग्यालेक्सीकै धीरज तण्डुकारको नेतृत्वमा थाइल्याण्ड पुग्नुभएको छ ।
सहभागी बालबालिका मध्ये क्यारिङ दोङ नेसनल किड्स अफ द इयरका सिनियरतर्फका विजेता हुनुहुन्छ । निशान उलक फस्ट रनर अप हुनुहुन्छ भने प्रणय मानन्धर जुनियर तर्फका विजेता हुनुहुन्छ । नभ्नी भने सिनियरतर्फका मोष्ट डिसिप्लीन उपाधि विजेता हुनुहुन्छ । हेरिटेज प्याजेन्टस् २०२४ मा सहभागी हुने नेपाली बालबालिकाहरूको विभिन्न प्रस्तुतिका ड्रेसहरू भने कुसम क्रिएसन, मेराकी बुटिक, ला बेला क्रिएसन, मध्यपुर डे«ेस हायर सेन्टरले तयार पारेका छन् ।
ट्यालेन्ट राउण्डको लागि तयारी निर्देशक लिजा श्रेष्ठले गराउनुभएको हो भने प्रतियोगिताको लागि समग्र प्रस्तुतिका लागि फेसन कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिनुभएको थियो । सहभागीहरूको फोटो तथा भिडियो सेसन मोमेन्टो स्टुडियोले सम्हालेको थियो ।
थाइल्याण्ड उड्नु अगाडि बालबालिकाले रक्षा मन्त्री मानवीर राईलाई भेटेका थिए । भेटमा राइले बालबालिकालाई जितको शुभकामना व्यक्त गर्दै आ-आफ्नो प्रस्तुतिबाट नेपाल र नेपालीको शान र गौरवलाई अझ उच्च बनाउन हौसला प्रदान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच