काठमाडौं । नेपालपे क्युआर र अलिपे प्लसबीच क्रस-बोर्डर भुक्तानी सम्झौता भएको छ । दक्षिण पूर्वी एसिया, अस्ट्रेलिया तथा न्युजील्याण्डका एन्ट इन्टरनेसनलका महाप्रबन्धक एडवर्ड यू र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको नेपालपे क्युआर र अलिपे प्लसबीच क्रस-बोर्डर भुक्तानी सुरुवातसँगै विश्वका १० बढी मुलुकका नागरिकले नेपाल भ्रमणमा क्युआर कोडमार्फत् भुक्तानी गर्न सक्ने भएका छन् ।
चीनसहित हङकङ एसएआर चीन, मकाउ एसएआर चीन, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटालीलगायत १० देश तथा क्षेत्रका यात्रुले आफ्नो डोमेस्टिक इवालेट तथा मोबाइल बैंकिङ एपमार्फत् नेपालपे क्युआर नेटवर्कसहित आठ लाख ७५ हजारभन्दा बढी मर्चेन्टलाई भुक्तानी गर्न सक्ने क्लियरिङ हाउसले जनाएको छ ।
अलिपे प्लसका साझेदारमा अलिपे (चिनियाँ मेनल्यान्ड), अलिपेएचके (हङकङ एसएआर), टिनाबा (इटाली), एमपे (मकाओ एसएआर), टचएन गो इवालेट र पब्लिक बैंक बर्हाडको माइपीबी (मलेसिया), हाइपे (मंगोलिया), जीक्यास (फिलिपिन्स), चांगी पे र ओसीबीसी डिजिटल (सिंगापुर), नाभेर पे र टसपे (दक्षिण कोरिया) र ट्रुमनी-थाइल्याण्ड) बाट नेपालपे क्युआरमार्फत् सिमलेस क्रस बोर्डर भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच