काठमाडौं । नेपालको सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । एसियन-आशियान कम्युटिङ इण्डस्ट्रिज एसोसिएसन(एसोसियो)को आयोजनामा जापानमा सम्पन्न २०२४ को डिजिटल समिटमा प्राइभेट सेक्टर श्रेणीमा ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको हो ।
आयोजकले इन्फोडेभलपर्सका संस्थापक तथा मार्केटिङ, इनोभेसन तथा स्टार्टेजी निर्देशक उमेश रघुवंशीलाई अवार्ड हस्तान्तरण गरेको हो । नेपालमा सरकारी सेवाहरूको डिजिटल रूपान्तरणमा इन्फोडेभलपर्सको उल्लेखनीय योगदानको कदर गर्दै विशेष गरी गभर्नमेन्ट टु बिजनेस (जिटुबी) र गभर्नमेन्ट टु सिटिजन (जिटुसी) अन्तरक्रियामा सुधार ल्याउन कम्पनीले गरेको योगदानका उक्त अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।
एसोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधिका संस्थाको अन्तर्राष्ट्रिय महासंघ हो । संस्थाले हरेक वर्ष उत्कृष्ट कार्य गर्ने संस्था, कम्पनी तथा व्यक्तिहरूलाई सम्मान गर्ने गरेको छ । सम्मेलनमा एसिया-प्यासिफिक क्षेत्रका डिजिटल प्रविधिको उद्योगको नेतृत्व, नवप्रवर्तक र विज्ञको सहभागिता थियो । सम्मेलन डिजिटल क्षेत्रमा भएका उत्कृष्ट उपलब्धिको सम्मान गर्ने मञ्चका रूपमा स्थापित छ ।
इन्फोडेभलपर्सले नेपालमा सार्वजनिक क्षेत्रको डिजिलाइजेसन गर्ने प्रणालीको सेवा प्रदान गर्दै आएको छ । कम्पनीले उन्नत फिनटेक र आइसिटी समाधानहरूले सरकारी प्रणालीसँग एकीकरण गरेर सार्वजनिक सेवामा दक्षता, पारदर्शिता र पहुँचमा सुधार ल्याउँदै आएको छ ।
डिजिटल गभर्नमेन्ट अवार्ड प्राप्त गर्नु इन्फोडेभलपर्सको नवप्रवर्तन र उत्कृष्टतामा प्रतिबद्धताको नतिजाका रूपमा लिएको कम्पनीले जनाएको छ । कम्पनीका निर्देशक रघुवंशीले भन्नुभयो, ‘हामी एसोसियोबाट यो सम्मान प्राप्त गरेर गर्वित छौँ, यो हाम्रो सम्पूर्ण टोलीको कठोर परिश्रम र दृष्टिकोणको प्रतिबिम्ब हो । यस पुरस्कारले नेपालका कम्पनीहरूको वैश्विक डिजिटल पारिस्थितिकी तन्त्रमा बढ्दो भूमिका देखाउँछ । हामी नेपाल सरकारको डिजिटल रूपान्तरणको यात्रामा अझ प्रभावकारी परियोजनाहरूमा सहकार्य गर्न तत्पर छौँ ।’
इन्फोडेभलपर्सले क्यान महासंघ नेपाललाई पनि धन्यवाद दिएको छ । क्यान महासंघका उपाध्यक्षसमेत रहनुभएका रघुवंशीले क्यानकै कारण नेपालका सफ्टवेयर कम्पनीहरूको विश्वव्यापी मञ्चमा प्रवद्र्धन गर्न सहयोग पुगेको बताउनुभएको छ । इन्फोडेभलपर्स सन् २००२ मा स्थापित एक प्रमुख फिनटेक र आइसिटी समाधान प्रदायक कम्पनी हो, जसले अत्याधुनिक वित्तीय प्रविधि, सफ्टवेयर विकास र आइटी परामर्श सेवामा विशेषज्ञता राख्छ ।
कम्पनीले बैंक तथा वित्तीय संस्था, सरकारी क्षेत्रलाई सेवा प्रदान गर्दै आएको छ । कम्पनी कोर बैंकिङ प्रणाली, मोबाइल बैंकिङ प्रणाली, एआई-चालित स्वचालन उपकरण र ग्राहक सेवा र सञ्चालन कार्यक्षमता सुधार गर्न अनुकूलित सफ्टवेयर समाधानमा केन्द्रित छ । इन्फोडेभलपर्समा दुई सयभन्दा बढी सूचना प्रविधिका जनशक्ति कार्यरत छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच