काठमाडौं । साताको तेस्रो दिन सेयर बजार ११.२४ अंकले घटेर २७४५.८१ अंकमा झरेको छ । मंगलबार विभिन्न ८० कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ५७ वटा कम्पनीको मूल्य घटेको छ । सातवटाको स्थिर रहेको छ । सबैभन्दा धेरै फाइनान्स समूहको सेयर मूल्य १.१२ प्रतिशत बढेको छ भने निर्जीवन बिमा ०.१३ र व्यापार ०.३५ प्रतिशत बढेको छ । अन्य समूह सबैभन्दा धेरै १.१८ प्रतिशतले घटेको छ ।
बैंकिङ ०.३५, विकास बैंक ०.३१, होटेल तथा पर्यटन ०.१५, हाइड्रोपावर ०.५७, लगानी ०.३५, जीवन बिमा ०.४४, उत्पादन ०.०२, माइक्रो फाइनान्स ०.६७ प्रतिशत घटेका छन् । यस दिन एक करोड ६७ लाख ८६ हजार नौ सय ३४ कित्ता सेयर सात अर्ब ८५ करोड ९७ लाख ४० हजार सात सय ९८ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । गुराँस लघुवित्त र मेछ्याङ हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्त र मेन्सीयाम हाइड्रो १० तथा बेस्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ । तर, गुडविल फाइनान्स ९.३६, आँखुखोला जलविद्युत् कम्पनी ४.९१, माछापुच्छ्रे बैंक ४.५९, अपर हेवाखोला हाइड्रो ३.७१ र हिमालयन बैंकको सेयर मूल्य ३.४८ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
गुडविल फाइनान्स २९ करोड २८ लाख ६१ हजार छ सय छ, फेस्ट फाइनान्स २९ करोड २५ लाख ६९ हजार चार सय, आँखुखोला जलविद्युत् २५ करोड ५९ लाख ४७ हजार सात सय ७५ र जानकी फाइनान्स कम्पनीको २० करोड ५९ लाख तीन हजार पाँच सय आठ रुपैयाँ बराबरका सेयर खरिदबिक्री भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच