
काठमाडौं । राष्ट्रिय बुदोकै-दो फुलकन्ट्याक्ट कराँते च्याम्पियनसिपको १८औँ संस्करण प्रतियोगिता मधेश प्रदेशमा हुने भएको छ । नेपाली मार्सल आर्ट बुदोकै–दो फुलकन्ट्याक्ट कराँतेको १८औँ संस्करणको च्याम्पियनसिप प्रतियोगिता मधेश प्रदेशको महोत्तरीस्थित गौशाला-४ राजाखोर कभर्डहलमा हुने तय भएको हो ।
प्रतियोगिताको आयोजना र तयारीका लागि मंगलबार बुदोकै-दो फुलकन्ट्याक्ट कराँते संघका अध्यक्ष वीरकृष्ण महर्जनले मधेश प्रदेश खेलकुद मन्त्री प्रमोद जयसवालसँग जनकपुरमा भेटघाट गर्नुका साथै प्रतियोगिताबारे जानकारीसमेत गराउनुभएको थियो ।
प्रतियोगितामा आफूले सक्दो सहयोग गर्ने मधेशका खेलकुद मन्त्री जयसवालले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । खेलकुदको विकासका लागि मधेश सधैँ तत्पर रहेको समेत भेटमा उहाँले जानकारी गराउनुभएको थियो ।
महोत्तरीमा आयोजना हुने राष्ट्रिय बुदोकै-दो प्रतियोगिता बुदोकै-दो फुलकन्ट्याक्ट केन्द्रीय संघ र महोत्तरी बुदोकै-दो फुलकन्ट्याक्ट कराँते संघको संयुक्त आयोजनामा हुनेछ । प्रतियोगिता पुस २६ र २७ गते दुई दिन हुनेछ ।
प्रतियोगितामा सात प्रदेश र विभागीय टोली सहभागी हुनेछन् । प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । विजेता प्रथम, दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले नगद २५ हजार र १५ हजार तथा बाँकीले समान १०/१० हजार प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच