झापा । जनमत पार्टीका अध्यक्ष सिके राउत (चन्द्रकान्त )ले केन्द्रीकृत मानसिकताबाट पूर्णरूपमा मुक्त रहेको बताउनु भएको छ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको बस्तुस्थिति बुझ्न झापा आइपुग्नुभएको उहाँले वैचारिक आस्थाका आधारमा पार्टी अगाडि बढेको स्पष्ट पार्नुभयो ।
'जनमत पार्टी केन्द्रीकृत मानसिकताबाट बाहिरिँदै वैचारिक आस्थाका आधारमा अगाडि बढेको छ' झापाको कनकाई नगरपालिका- ६ मा पार्टीको तर्फबाट वडाध्यक्षको उम्मेदवार घोषणा गर्दै अध्यक्ष राउतले भन्नुभयो,'जनअपेक्षा पूरा गर्न तीनै तहमा पार्टीको दर्बिलो उपस्तिथि आवश्यक छ ।'
उहाँले कनकाइ ६ मा जनअपेक्षा अनुरुप उम्मेदवार उठाएकोले पूर्णसाथ रहने विश्वास व्यक्त गर्नुभयो । पार्टीको एजेन्डा स्थापित गर्न सके देश र जनताको अपेक्षा पूरा हुने विश्वास व्यक्त गर्नु भएको अध्यक्ष राउतले कनकाइ ६ बाट त्यसको जग बसाल्न मतदानकाई आव्हान समेत गर्नुभयो ।
स्थानीय चम्पापुर बजारमा आयोजित कार्यक्रममा अध्यक्ष राउतले कनकाइ-६ को वडाध्यक्षमा शुकलाल राजवंशीलाई उम्मेद्वार घोषणा गर्नुभयो । उम्मेदवारी घोषणा कार्यक्रममा पार्टी नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
झापाका १३१ मध्ये कनकाई ६ मा उपनिर्वाचन हुँदैछ ।उपनिर्वाचनमा सोवडाबाट नेपाली कांग्रेसका वडासभापति समेत रहनु भएको रामगोपाल ओली, नेकपा एमालेकाबाट तुलाराम बस्नेत, नेकपा माओवादी केन्द्रबाट गणेश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नारायण निरौला र लक्ष्मीप्रसाद ओलीले स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।
२०७९ सालमा भएको निर्वाचनमा नेकपा एमालेका तर्फबाट ५०८ मत प्राप्त गरी वडाध्यक्षमा विजयी दीर्घबहादुर थापाको ६६ वर्षको उमेरमा गत असारमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच