कर्णाली प्रदेशकाे उपसभामुखमा माओवादीकी यसोदा न्यौपाने विजयी

फाइल तस्बिर

Read Time = 1 min

सुर्खेत । कर्णाली प्रदेश सभाको आज भएको उपसभामुख पदको निर्वाचनमा माओवादी केन्द्रकी नेतृ यसोदा न्यौपाने विजयी हुनु भएको छ।

४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेश सभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा दस्यहरू सहभागी थिए ।

ती प्रदेशसभा सदस्यमध्ये उनको पक्षमा २४ र विपक्षमा १४ मत खसेको हो । यो मतसँगै सभामुख नन्दा गुरुङले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको हो । उहाँ निर्वाचित हुनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत अर्थात २१ मत चाहिन्थ्यो ।
-हेमन्त केसी 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?