काठमाडौं । इन्फोडेभलपर्स प्रालि र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यावसायिक सेवाका लागि समझदारी भएको छ । इन्फोडेभलपर्सको ‘कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक’ (सिआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्न सम्झौता भएको हो ।
सम्झौतासँगै बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालित र सरल बनाउन सिआरएस सफ्टवेयरले भूमिका खेल्ने भएको छ । सोसम्बन्धी सम्झौतामा इन्फोडेभलपर्सका निर्देशक अरबिन प्रधान र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले हस्ताक्षर गर्नुभएको हो ।
सो अवसरमा इन्फोडेभलपर्सतर्फबाट कर्पोरेट म्यानेजर सुवास पौडेल, म्यानेजर दिलिप दवाडी तथा सांग्रिला डेभलपमेन्ट बैंकका सूचना प्रविधि प्रमुख सन्तोष पंगेनीलगायतको उपस्थिति थियो । सफ्टवेयर परिचालनसँगै सांग्रिला बैंकले आफ्नो आन्तरिक कार्यक्षमता सुधार्ने, म्यानुअल कार्य घटाउने र वित्तीय व्यवस्थापनमा समग्र दक्षता बढाउने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच