काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसावले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस-२०८१ को कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन र कार्यविशिष्टीकरण लगायतका सुधारका लागि पहलकदमी लिन आग्रह गर्नुभयो ।
उहाँले करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सूचना प्रविधिको प्रयोगमा बिस्तार एवं सोको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत न्युन हुनेगरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नका लागि थप क्रियाशिल हुनका लागि कर प्रशासनलाई निर्देशन दिनुभयो ।
उपप्रधानमन्त्री पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तयार हुनसक्ने बताउनु भयो । उहाँले कर संकलनमा केन्द्रित हुन कर प्रशासन र कर प्रशासनसँग सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभयो । । संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भएपनि सो अनुपातमा राजश्व संकलन बढ्न नसकेको बताउनु भयो । उहाँले जिम्मेवार र जवाफदेही हिसावले राजश्व संकलनको काममा केन्द्रित हुन कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
२०८० असोज र २०८१ असोजको कार्य सम्पादन सूचकहरुको प्रगतिको अवस्था मूल्यांकन गर्दा अधिकांश परिसूचकमा गत वर्षको यसै अवधिको जति पनि प्रगति भएको पाउन नसकेको बताउनु भयो । बजार अनुगमनको संख्या गत वर्षको जारी अवधिको भन्दा पनि न्युन रहेको बताउनु भयो । वक्यौता असुली, बेरुजु फस्र्यौट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति पनि सन्तोषजनक नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन र कार्यविशिष्टीकरण लगायतका सुधारका लागि पहलकदमी लिनका लागि पनि म हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छु । करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउन आवश्यक छ । सूचना प्रविधिको प्रयोगमा बिस्तार एवं सोको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत न्युन हुनेगरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नका लागि थप क्रियाशिल हुनका लागि कर प्रशासनलाई निर्देशन गर्दछु । संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भएका छन् । खर्चका युनिटहरु एवं आर्थिक गतिविधिहरु बिस्तारित भएका छन् ।’
उपप्रधानमन्त्री पौडेलले सरकारप्रति नागरिकको अपेक्षा बढ्दो क्रममा रहेको बताउनु भयो । सामाजिक सुरक्षा, विकास निर्माण, संघीयता कार्यान्वयन, अन्य अनिवार्य दायित्वका खर्चहरुले श्रोतमाथिको दबाब बढिरहेको बताउनु भयो । कर प्रणालीको सार, लगानीको आधार भन्ने नाराका साथ राष्ट्रिय कर दिवस—२०८१ मनाइएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच