काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको १०औँ र ११औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट पुनः सीताराम न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरूपमा निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहितबहादुर कार्की, मधेश प्रदेशबाट रामनारायणप्रसाद यादव, बागमती प्रदेशबाट देवराज लुईटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट मीनबहादुर शाही निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा देवराज तामाङ, सहसचिवमा बुद्धिप्रसाद आचार्य, कोषाध्यक्षमा वेचनठाकुर वरही र सहकोषाध्यक्षमा विनोदराज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा हुमनाथ पौडेल, कुमार गिरी, तिलप्रसाद पाठक, अनोदकुमार देवकोटा, विकासनारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शशिकुमार यादव, सन्तोष यादव रहेका छन् ।
महासंघको अध्यक्षमा पुनः निर्वाचित भएसँगै न्यौपानेले क्रसर व्यवसायका अधिकांश समस्या अघिल्ला तीन वर्षमा सरोकारवाला निकायलाई अवगत गराएको र आगामी तीन वर्ष त्यस्ता समस्या समाधान गर्न थप मिहिनेत गर्ने बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच